रुरुक्षेत्रमा विद्युतीय हाजिरी

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 3 mins

गुल्मी । गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले कागजी हाजिरीलाई हटाएर विद्युतीय हाजिरी प्रणाली सञ्चालनमा ल्याएको छ । यस गाउँपालिकाले गत असोज महिनादेखि गाउँपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था र विद्यालयमा विद्युतीय हाजिरी प्रणाली लागू गरेको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेयले जानकारी दिनुभयो ।

गाउँपालिकाको कार्यालयमा अत्याधुनिक विद्युतीय हाजिरी जडान गरिएको भन्दै विद्युतीय हाजिरीले कार्यालयमा सुशासन कायम गर्न, कर्मचारीको नियमित उपस्थिति, समय पालनासहित सेवा प्रवाह प्रभावकारिता ल्याउन सहयोग गर्ने उहाँले बताउनुभयो ।

कर्मचारी सबैलाई अनुशासनमा राख्नुका साथै सबै विवरणलाई भविष्यमा पनि सुरक्षित राख्नको लागि विद्युतीय हाजिरीले सहयोग गर्ने भन्दै यहाँ विद्युतीय हाजिरी प्रणालीलाई व्यवस्थित गर्नका लागि विद्युतीय हाजिरी प्रणाली सञ्चालन कार्यविधि २०८० स्वीकृत गरी जारी गरिएको बताउनुभयो ।

कर्मचारीलाई आफ्नो हाजिरी विवरण, काज विवरणलगायतका विवरणहरु कार्यालयले उपलब्ध गराएको प्रयोकर्ताको विवरणबाट आफै हेर्न सकिने व्यवस्था मिलाइएको भन्दै कर्मचारीले काज तथा बिदाको आवेदन प्रणालीबाटै पेश गर्न सकिने सूचना प्रविधि अधिकृत इश्वरी न्यौपानेले बताउनुभयो ।

विद्युतीय हाजिरी प्रणाली सञ्चालनमा ल्याइएपछि कागजी हाजिरी विस्थापित गरिएको र हाजिरी अभिलेखलाई वैज्ञानिक तरिकाले प्रयोग गर्न सकिएको हुँदा अभिलेखिकरणमा धेरै सजिलो समेत हुने भएको प्रशासन शाखा प्रमुख रामप्रसाद ज्ञवालीले बताउनुभयो ।

विद्युतीय हाजिरी प्रणालीले समग्र कर्मचारीको कार्यसम्पादनको स्तर मापन हुने गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले बताउनुभयो । सेवा प्रवाहमा प्रभावकारिता ल्याउने भन्दै समग्र गाउँपालिकाको कार्यसम्पादनमा उल्लेखनीय सुधार समेत हुने उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?