
काठमाडौं । यही पुष २७ गतेदेखि देशभरका सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘पर्खी बसें तिमीलाई’को ट्रेलर सार्वजनिक गरिएको छ । दीपक श्रेष्ठ निर्देशित चलचित्रको सार्वजनिक ट्रेलरमा नव-अभिनेता किरण श्रेष्ठ र नव-अभिनेत्री रक्षा बुढाथोकीबीचको प्रेममा आउने उतार–चढावमा केन्द्रित छ । ट्रेलरमा अभिनेता शिव श्रेष्ठ रिसाहा पिताको रूपमा चित्रित हुनुहुन्छ भने विल्सन विक्रम राईलाई कमेडी शैलीमा प्रस्तुत गरिएको छ ।
राजाराम बुढाथोकीको निर्माण र कोमल गुरुङको सहनिर्माण रहेको चलचित्रमा अनिशा रसाइली, मनिष श्रेष्ठ लगायतका कलाकारको पनि अभिनय छ । चलचित्रमा शम्भुजित बाँस्कोटा, दीपक शर्मा, महेश खड्का र बाबुल गिरीको संगीत, संकल्प भुजेलको छायांकन, परिच्छेद सेन, मौनता श्रेष्ठ र पुरुषोत्तम ढुंगेलको लेखन, भुपेन्द्र अधिकारीको सम्पादन, निशा रसाइली र रामजी लामिछानेको कोरियोग्राफी छ ।
निर्देशक श्रेष्ठले किरण र रक्षामा क्षमता देखेर नै डेब्यू गराएको बताउनुभएको छ । दुवैको अभिनय निकै परिपक्व रहेको उहाँको भनाइ छ । उहाँले यसअघि चलचित्र ‘पर्खि बसें’बाट राजबल्लभ कोइराला र युना उप्रेतीलाई डेब्यु गराउनुभएको थियो । दुई दशकअघिको सफल चलचित्र ‘बादलपारी’को चर्चित गीत ‘कालो चश्मा लाऊ है मैयाँ विशाल बजारको’लाई रि–एरेञ्ज गरेर यो चलचित्रमा समावेश गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच