
काठमाडौं । चलचित्र ‘यो मन त मेरो नेपाली हो’ को पहिलो चरणको छायांकन सम्पन्न गरिएको छ । अमेरिकामा रहेका नेपाली भुटानी साहित्यकार मित्र प्रधान (नर)को निर्देशन रहेको चलचित्र ‘यो मन त मेरो नेपाली हो’ नेपाल र भारतको छायांकन तीस दिनमा सकिएको हो ।
चलचित्रको बाँकी छायांकन अमेरिकामा हुने चलचित्रका निर्देशन मित्र प्रधानले जानकारी गराउनुभयो । नेपालको झापा, इलाम साथै भारतको सिक्किम, दार्जीलिङ, जयगाउ पश्चिम बंगाललगायतको ठाउँमा चलचित्रको छायांकन गरिएको थियो ।
चलचित्रकी नायिका मेरो डान्स कप युएसए को फष्ट रनर अफ आयुषा समाल नेपालको छायांकन सकिएलगतै अमेरिका प्रस्थान गर्नुभएको छ । चलचित्रमा रोशन श्रेष्ठ, विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, विजय बराल, आयुषा समाल, मेग सुवेदी, नारायण खाती, भुपेन्द्र लिङ्देन ‘मन्त्री’, सुबास भण्डारी, बिजय सुब्बा लगायतको अभिनय छ ।
पद्मा ईश्वर ईन्टरटेन्मेन्ट प्रा.लि.को प्रस्तुतिमा मित्र प्रधान (नर) को प्रस्तुतिमा निर्माण भइरहेको यो चलचित्रले विदेशमा रहेका नेपालीको मुद्दालाई उठान गर्दैछ । चलचित्र ‘यो मन त मेरो नेपाली हो’ले नेपाली भाषा, साहित्य, कला, यसको इतिहास, महत्व र नेपाली भाषाको गौरवसंगै नेपाली को हुन् भन्ने विषयबस्तुलाई उठान गर्न खोजेको निर्देशक प्रधानले बताउनुभयो ।
शिवम् अधिकारीको लेखनमा निर्माण भएको चलचित्रले विश्वका विभिन्न देशहरूमा बसोवास गर्दै आएका नेपालीहरूले आफ्नो कला, संस्कार, संस्कृति विर्सँदै गएको हुँदा चलचित्रको माध्यमबाट नेपाली भाषाप्रतिको आकर्षण, महत्व र इतिहास दर्साउन खोजिएको छ । मित्र प्रधान (नर)को कथा तथा निर्देशन रहेको चलचित्रमा दीपक शर्माको संगीत सौरभ लामाको छायांकन, देव महर्जन द्वन्द्व, समीर मियाको भिएफएक्स, कविराज गहतराजको कोरियोग्राफी रहनेछ । चलचित्रमा मुख्य सहायक निर्देशन रामबाबु खड्का, कला निर्देशन रोशन रम्तेल ‘दिवाना’ र निर्माण नियन्त्रक सुमन काफ्लेको रहनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच