प्रधानमन्त्री कप महिला ट्वान्टी-२० : कोशीद्वारा सुदूरपश्चिम आठ विकेटले पराजित

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । प्रधानमन्त्री कप महिला ट्वान्टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा कोशी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई आठ विकेटले पराजित गरेको छ ।

सुदुरपश्चिमले दिएको एक सय १९ रनको लक्ष्यलाई कोशी प्रदेशले १७ दशमलव ४ ओभरमा दुई विकेट गुमाउदै पूरा गरयो । कोशीको जितमा काजल श्रेष्ठ र कप्तान रुबीना क्षेत्रीले उत्कृष्ट ब्याटिङ गरे । काजलले ४८ बलमा  आठ चौकाको मद्दतमा ५४ रन बनाइन भने रुबिनाले ५५ बल खेल्दै आठ चौकाको मद्धतमा ५१ रनको योगदान गरिन । बिमला मलाहले ४ रन जोडिन । सुदुरपश्चिमकी अनु कठायतले दुई विकेट लिइन ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले निर्धारित २० ओभरमा ३ विकेट गुमाउदै एक सय १८ रनको योगफल बनाएको थियो । सुदुरपश्चिमको लागि बिन्दु रावलले सर्वाधिक ३३ रन बनाइन ।

त्यसैगरी सम्झना खड्काले २७ रन जोडिन् भने कविता जोशीले २६ रन बनाइन । रेवती धामीले २० तथा रुबी पोडारले २ रन बनाइन् । बलिङतर्फ कोशी प्रदेशकी सवनम राई र अपसरी बेगमले समान एक एक विकेट लिएका थिए । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?