काठमाडौं । कुशल देउवाको निर्णायक गोलप्रेरित ललितपुर सिटी एफसीले दोस्रो क्वालिफायरमा पोखरा थन्डर्सविरुद्ध २-१ को जित निकाल्दै नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा स्थान बनाएको छ । बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलको अतिरिक्त समयमा कुशलले गरेको गोल निर्णायक बनेपछि ललितपुर रोमाञ्चक जितसहित फाइनल प्रवेश गरेको हो ।
खेलको पहिलो हाफमै १० खेलाडीमा समेटिएको ललितपुरले नै पहिले अग्रता बनाएको थियो । पहिलो हाफको इन्जुरी समयमा इमोन इजेकेइलले गोल गर्दै ललितपुरलाई अग्रतामा राख्नुभएको थियो । पापा इबोउ केबेले रक्षापंक्तिबाट निकालेको लामो क्रसलाई नियन्त्तणमा लिँदै १० ले दुई डिफेन्डरमाझबाट गोल गनुभयो ।
तर, ७२औँ मिनेटमा स्टेफन कोजो पापा एनोरले गोल गर्दै पोखरालाई खेलमा फर्काउनुभयो । जोए आइडुले राइट साइडबाट निकालेको क्रसमा बक्सभित्रका पापा एनोरले हेडर गोल गर्नुभयो ।
यसपछि निर्धारित ९० मिनेटमा गोल हुन नसक्दा खेल अतिरिक्त समयमा धकेलिएको थियो ।
९९औँ मिनेटमा कुशल देउवाले गोल गर्दै ललितपुरलाई पुनः २-१ को अग्रतामा राखेका थियो । ६ यार्ड बक्स नजिकबाट ललितपुरका कप्तान अनन्त तामाङको हेडर पोखराका रक्षकले क्लियर गर्न नसक्दा कुशलले सहजै गोल गर्नुभयो। कुशलको यही गोल निर्णायक बनेपछि ललितपुरले उपाधिका लागि धनगढी एफसीसँगको भेट निश्चित गर्यो । त्यसअघि ३४औँ मिनेटमा निखिल सुरेसराओ कदमले दोस्रो पहेँलो कार्डपछि रातो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिँदा ललितपुर सिटी एफसी पहिलो हाफमै १० खेलाडीमा सीमित बनेको थियो । पोखराका आयुश घलानमाथि फाउल गरेपछि निखिलले दोस्रो पहेँलो कार्ड पाउनुभएको थियो । त्यसअघि उनले २४औँ मिनेटमा पहिलो पहेँलो कार्ड पाउनुभएको थियो ।
खेलको ६६औँ मिनेटमा खेलका मुख्य रेफ्री नै परिवर्तन हुनुभयो । खेलको मुख्य रेफ्रीका रूपमा रहनुभएका फिफा रेफ्री नविन्द्र महर्जनको स्थानमा चौथो अफिसियलको रूपमा रहुनभएका राम दासनले त्यसपछिको खेल खेलाउनुभएको हो । यसपछि महर्जनले चौथो अफिसियलको भूमिका निभाउनुभएको थियो ।
एनएसएलमा रेफ्री परिवर्तन भएको यो दोस्रो पटक हो । यसअघि लिग चरणअन्तर्गत धनगढी एफसी र काठमाडौं रेजर्सबीचको खेलमा रेफ्री परिवर्तन भएको थियो ।
यो जितसँगै अब उपाधिका लागि ललितपुरले प्रतियोगिताको साविक उपविजेतासमेत रहेको धनगढी एफसीसँग खेल्ने छ ।
यसअघि पहिलो क्वालिफायरमा पोखरालाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्दै धनगढीले फाइनलमा स्थान बनाएको थियो । पहिलो क्वालिफायरमा धनगढी एफसीसँग पराजित भए पनि लिग चरणको शीर्ष दुईभित्र अटाएकाले पोखराले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको थियो ।
यता, ललितपुरले भने प्लेअफको इलिमिनेटरमा साविक विजेता काठमाडौं रेजर्सविरुद्ध ३-० को जित निकाल्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच