सरकारलाई नेकपा एसको चेतावनी : गोली हानेर समस्याको समाधान निकाल्ने जमाना गइसक्यो

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले ललितपुरको बालकुमारीमा भएको घटनाप्रति आपत्ति जनाएको छ ।

शुक्रवार कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा दिन नपाएपछि युवाहरुले गरेको प्रदर्शनका क्रममा दुई जनाको मृत्यु भएको छ । मृत्युपछि पार्टीले प्रहरीले प्रहरी प्रशासनबाट युवाहरुको हत्या हुनु निन्दनीय भएको भन्दै सरकारको बिरोध गरेको छ । सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका केन्द्रिय सदस्य सुदेश पराजुलीले युवा आफ्नो भोको पेटको समस्याको बारेमा आन्दोलित हुँदै गर्दा प्रहरीले गोली हानेर हत्या गर्नु निन्दनीय भएको बताउनु भयो । उहाँले युवाको समस्या समाधान गर्न सरकार तयार नरहेको प्रष्ट भएको बताउनु भयो । युवाको छातीमा गोली हानेर समस्या समाधान गर्ने दिन गएको बताउँदै वार्तामार्फत समस्या समाधान गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘प्रहरी प्रशासनबाट जुन किसिमले दुई जना युवाहरुको हत्या भएको छ, यो अत्यन्त निन्दनीय छ । गृह प्रशासन र नेपाल सरकारलाई आग्रह र अनुरोध पनि गर्न चाहन्छौँ की दुई जना युवा आफ्नो भोको पेटको समस्याको बारेमा आन्दोलित हुँदै गर्दा आज उनीहरुलाई जसरी छातिमा गोली लागेको छ, यो अत्यन्तै निन्दनिय छ । हाम्रो केन्द्रिय कमिटीको बैठक र पार्टीको तर्फबाट पनि निन्दा गर्न चाहन्छौँ । यो किसिमको बर्बर दमन तत्काल रोक्न नेपाल सरकारलाई बैठकमार्फत पनि माग गर्न चाहन्छौँ । युवाको समस्या समाधान गर्न यो सरकार तयार छैन भन्नेकुरा पनि देखाउँछ । माननीय गृहमन्त्रीज्यु युवाको छातीमा गोली हानेर होइन, युवासँगको समस्या समाधान गरेर वार्तामार्फत समस्या समाधान गर्नुहोस् । गोली हानेर समस्याको समाधान निकाल्ने जमाना समाप्त भइसक्यो । घृणित कार्य नगर्न आग्रह छ ।’

नेता पराजुलीले युवालाई मार्ने घृणित कार्य नगर्न सरकारलाई चेतावनी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?