सिट्रोन इसी थ्रीमा लोभलाग्दा फिचर

Read Time = 2 mins

काठमाडौं । फ्रेन्च डिएनएको सिट्रोन इसी थ्री एक अत्याधुनिक विद्युतीय गाडी हो, जुन परिवर्तनलाई अँगाल्दै अटोमोटिभ क्षेत्रमा दिगोपनको यात्रातर्फ अघि बढिरहेको छ । कम्पनीका अनुसार इको-फ्रेन्ड्ली, आधुनिक प्रविधि र आकर्षक मूल्यका साथ इसी थ्री बजारमा गेम चेन्जरका रूपमा आएको छ ।

२९.२ किलोवाट आवर्स ब्याट्री प्याकद्वारा सञ्चालित इसी थ्रीले ५७ हर्सपावर र १४३ एनएमको उच्चतम टर्कका साथ प्रभावशाली प्रदर्शन प्रदान गर्दछ । विद्युतीय पावरट्रेनले इसी थ्रीलाई परम्परागत विद्युतीय गाडीबाट अलग राख्दै द्रुतगति र रमाइलो ड्राइभिङ अनुभव प्रदान गर्छ । साथै डिसी फास्ट चार्जरमा धेरैपटक चार्ज गर्दा पनि ब्याट्रीलाई असर नपर्ने कम्पनीको दाबी छ ।

मनमोहक र फ्युचरिस्टिक डिजाइन भएको इसी थ्रीको स्लिक बडी, बोल्ड लाइन र सुन्दर डिटेलले आकर्षक सवारीसाधन उत्पादन गर्ने सिट्रोनको प्रतिबद्धता दर्शाउँदछ । विद्युतीय गाडी भएकाले इसी थ्रीले वातावरणीय स्वच्छतामा पनि योगदान पु¥याउँछ । आफ्नो कार्बन फुटप्रिन्ट घटाउँदै दिगो भविष्यतर्फ अघि बढ्न चाहने जोसुकैका लागि इसी थ्री एउटा उपयुक्त रोजाइ हुने कम्पनीको दाबी छ ।

हाल नेपाली बजारमा लाइभ र फिल गरी इसी थ्रीका दुईवटा भेरियन्ट उपलब्ध छन् । लाइभ भेरियन्टको मूल्य ३२ लाख ९९ लाख र फिल भेरियन्टको मूल्य ३४ लाख ९९ लाख रहेको छ जुन भारतमा बनेको विद्युतीय गाडीमध्ये सबैभन्दा कम मूल्य रहेको कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?