‘गुरु चेला गौरवग्रन्थ’ साहित्यकार पदम दाहालको संस्मरणात्मक ग्रन्थ हो । यसको सम्पादन पनि उहाँले नै गर्नुभएको छ । मोफसलमा रहेर लामो समय शिक्षण गर्नुभएका दाहाल हाल राजधानी उपत्यकामा रहेर साहित्य सिर्जनामा व्यस्त रहनुभएको छ । आपूmले शिक्षण गर्दाका अनुभव संस्मरणका रूपमा समेटेर उहाँका विद्यार्थी तथा अन्य साहित्यकारहरूका आफ्ना गुरुप्रतिको सम्मानमा लेखिएका रचनालाई यस ग्रन्थमा समेट्नुभएको छ । यस कृतिको प्रकाशन मादी नगरपालिका नगर कार्यपालिकाको कार्यालय सङ्खुवासभा रहेको छ । प्रथम संस्करणका रूपमा २०७९ साल असारमा यो कृति प्रकाशन भएको छ । सर्वाधिकार सम्पादकमा रहेको यस पुस्तक ६००प्रति प्रकाशन भएको छ भने यसको अक्षराङ्कन पवित्रा पोखरेल र कुशल दाहालबाट भएको छ ।
पवित्रा पोखरेलको डिजाइन रहेको पुस्तकको आवरण सज्जा इ.रोशन मञ्जुश्री अधिकारीको रहेको यो पुस्तक डिएमआई साइजमा छ भने छपाइ स्तरीय छ । अशुद्धिहरू कमैमात्र भेटिन्छन् । पुस्तकमा भूमिका खण्डमा ६४ र पाठ्य खण्डमा ३५८ गरी जम्मा ४२२ पृष्ठ छन् र यसको मूल्य ५०० रुपैयाँ छ । पुस्तकको आवरण आकर्षक छ, प्राकृतिक हरियालीले युक्त रहेको यस पृष्ठमा माथि पुस्तकको शीर्षक ठूला अक्षरमा लेखिएको छ र सँगै कोष्ठकमा संस्मरणात्मक सँगालो भनिएको छ । तल गुरुचेलासँगै बसेर गुरुबाट शिक्षा लिने कार्य भइरहेको देखाइएको छ । यहाँ सम्पादक दाहालको ठूलो तस्वीर र नाम दिइएको छ ।
साहित्यकार पदम दाहालको यो एक प्रकारले भन्ने हो भने फरक खालको प्रयास हो । वर्तमान समयमा चेलाहरूको गुरुप्रतिको भक्तिभाव घटिरहेको अवस्थामा यति धेरै आफ्ना चेलाहरूको आफूप्रतिको विचार समेटेर यस प्रकारको पुस्तक प्रकाशित गर्नु आफैंमा प्रशंसनीय प्रयास हो ।
पृष्ठ आवरणमा सम्पादक पदम दाहालको फोटोसहित चिनारी गराइएको छ । यहाँ जन्म, जन्मस्थान, पितामाता, पालक पितामाता, पत्नी, शिक्षा, सेवा, कृति, पुरस्कार, सम्मान तथा हालको ठेगाना दिइएको छ । यस पृष्ठका यी सम्पूर्ण विवरणबाट उहाँबारे जान्न चाहनेहरूलाई सहज हुने देखिन्छ । पुस्तकको सुरुमा दाहालको तोतक छन्दको आठ श्लोकको कविता रहेको छ । त्यसपछि उहाँका १५ जना अग्रजहरूप्रतिको समर्पण छ । त्यसपछि भूमिका खण्ड सुरु हुन्छ र केही व्यक्तिका शुभकामना छन् ।
शुभकामना व्यक्त गनुहुनेमा पूर्वराज्यमन्त्री दिपक खड्का, डम्बरुप्रसाद ढुङ्गाना, पूर्वन्यायाधीश मोहनमणि दाहाल, जीवप्रसाद दाहाल, शेषराज दाहाल, सीता दाहाल खनाल, दयानन्द दाहाल, प्रा.कोमलवदन मल्ल, जयनारायण नेपाल, गेहेन्द्र दाहाल, तुलाराम भण्डारी, डिल्लीराम लुइँटेल, योगराज भट्टराई, दीर्घध्वज चापागाई, पूर्णबहादुर दर्जी, जीवन लिंथेप, सुनितादेवी भट्टराई दाहाल, मातृकाप्रसाद दाहाल, मनबहादुर कार्की, धर्मराज थोक्देन, रामकुमार खनाल, वीरबहादुर राई, शान्तिकुमार दाहाल, दीपककुमार दाहाल रहनुभएको छ । यसपछि सम्पादकको पातो र प्रकाशकीय छन् । त्यसपछि विषयसूची राखिएको छ ।
यो पुस्तक भूमिका खण्ड वा शुभकामना खण्ड, पाठ्य खण्ड र तस्वीर खण्ड गरी तीन खण्डमा विभाजित छ । पाठ्य खण्डमा सम्पादक दाहालले पढाउनुभएका मादी बहुमुखी क्याम्पस मादी, सङ्खुवासभा, चुलाचुली मावि ताङ्खुवा, धनकुटा, अमरुवा मावि आँखिभुइँ, सङ्खुवासभा, हिमालय मावि खाँदबारी, सङ्खुवासभा, मादी मावि मादी, सङ्खुवासभा, नारायण मावि मादी, ओखरबोटे सङ्खुवासभाका पूर्वविद्यार्थीहरूका रचनाहरू समावेश गरिएका छन् ।
सबैभन्दा धेरै ११९ जना का संस्मरण तथा अन्य रचना मादी मावि मादी सङ्खुवासभाका रहेका छन् । उहाँले यस माविमा लामो समयसम्म शिक्षण गर्नुभएका कारण यसो भएको हुनसक्छ । केही रचनाहरू अङ्ग्रजी भाषामा पनि छन् । सुरुमा पदम दाहालकोे ‘चेलाप्रति’ शीर्षकको कविता छ भने यस पुस्तकमा गुरु पदम दाहाललाई सम्मानस्वरूप उहाँका विद्यार्थी तथा शुभचिन्तकहरूले संस्मरण, कविता, गजल आदिका माध्यमबाट भक्तिभाव दर्शाउनु भएको छ ।
साहित्यकार पदम दाहालको यो एक प्रकारले भन्ने हो भने फरक खालको प्रयास हो । वर्तमान समयमा चेलाहरूको गुरुप्रतिको भक्तिभाव घटिरहेको अवस्थामा यति धेरै आफ्ना चेलाहरूको आफूप्रतिको विचार समेटेर यस प्रकारको पुस्तक प्रकाशित गर्नु आफैंमा प्रशंसनीय प्रयास हो । वास्तवमा शिक्षा क्षेत्रमै आफ्नो जीजनको लामो समय समर्पण गर्ने गुरुहरू धन्यवादका पात्र हुनुहुन्छ तर सबै गुरुहरू यसरी विद्यार्थीबाट अभिनन्दित हुन सक्नुभएको छैन । त्यस अर्थमा दाहालको यो प्रयास अनुकरणीयसमेत छ । यसका लागि पदम दाहाललाई बधाई साथै कृतिको सफलताको कामना । साथै उहाँबाट यस्तै अन्य प्रयास भइरहून् भन्ने अपेक्षाका साथ अग्रीम शुभकामना ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच