काठमाडौं । नेपाली कांग्रेस र नेकपा (एकीकृत माओवादी) का शीर्ष नेताबीच आसन्न राष्ट्रियसभा सदस्य निर्वाचन सम्बन्धमा छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रधानमन्त्री एवं एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालगायत शीर्ष नेताहरुबीच राष्ट्रियसभा सदस्य निर्वाचन सम्बन्धमा छलफल भएको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो ।
पहिलो चरणमा गठबन्धनका दुई दलबीच राष्ट्रियसभा सदस्य निर्वाचनलगायत समसामयिक विषयमा छलफल भएको र त्यसपछि गठबन्धनका अन्य दलसँग पनि छलफल हुने उहाँले बताउनुभयो ।
कार्यक्रममा कांग्रेसका उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्का महामन्त्री गगनकुमार थापा, प्रमुख सचेतक लेखक र माओवादीका तर्फबाट वरिष्ठ उपाध्यक्ष एवं उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलगायत नेताहरु सहभागी हुनुहुन्थ्यो ।
दुई दलबीच बुधबार सत्ता गठबन्धनको बैठक बोलाउने र थप छलफल गर्ने सहमति भएको छ।
आगामी फागुन २० मा एमालेका (एक मनोनीत) सहित ९, कांग्रेसका ४ माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाका १ र स्वतन्त्र सांसद १ जना गरी २० सांसदको पदावधि सकिँदै छ।
जसमा कोशी प्रदेशबाट २, मधेस प्रदेशबाट २, बागमती प्रदेशबाट ४, गण्डकी प्रदेशबाट ३, लुम्बिनी प्रदेशबाट २, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट ३/३ सदस्यका लागि निर्वाचन हुने छ।
राष्ट्रियसभा सदस्यको निर्वाचन आगामी माघ ११ गते हुँदैछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच