मालिका गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड हुने

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 2 mins

गुल्मी । गुल्मीको मालिका गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । स्थानीय तहस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिको निर्णयानुसार मालिका गाउँपालिका अन्तर विद्यालयस्तरीय खेलकुद प्रतियोगिता हुने भएको हो ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विकास खनालले एक सूचना जारी गर्नुहुँदै पालिकाभित्रका सबै सामुदायिक विद्यालयलाई राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता तथा अन्य कार्यक्रमहरुमा सहभागी पठाउनका लागि अनुरोध गर्नुभयो । प्रतियोगिता आगामी माघ ३ गतेदेखि ५ गतेसम्म मालिका गाउँपालिका-८, सिमलटारीस्थित मालिका माध्यमिक विद्यालयमा हुने भएको हो ।

प्रमुख प्रशासकीय अधिकृत खनालका अनुसार खेलहरु राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका, २०७० अनुसूची ४ बमोजिमका हुनेछन् । त्यसअवसरमा शैक्षिक प्रदर्शनी प्रतियोगिता हुने भएको सूचनामा उल्लेख गरिएको छ ।

शैक्षिक प्रदर्शनी प्रतियोगितामा विद्यालयमा पठनपाठन हुने विषय तथा अन्य क्षेत्रसंग सम्बन्धित श्रृजनात्मक तथा प्रवर्तनात्मक कार्य, विद्यार्थीहरुले श्रृजना गरेका स्थानीय प्रविधि साथै हस्तकला, चित्रकला लगायतका कलाकृति र विज्ञान तथा प्रविधिसंग सम्बन्धित नमूना कार्यहरु समेटिने उहाँले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?