काठमाडौं । लोकतान्त्रिक समाजवादका नेपाली भाष्यकार बीपी कोइरालाले अनेक राजनीतिक आरोह-अवरोह अनुभव गर्दै ०३३ सालमा प्रतिपादन गर्नुभएको राष्ट्रिय एकता तथा मेलमिलाप नीति तत्कालीन परिस्थितिमा रणनीति हो कि विश्वास ? धेरै वक्ताहरूले यही प्रश्नकासाथ आजको सन्दर्भमा राष्ट्रिय एकता तथा मेलमिलाप नीतिको सान्दर्भिकतामाथि विचार प्रस्तुत गर्नुभएको छ ।
बीपी चिन्तन प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा एमालेका नेता पूर्वमन्त्री प्रदीप ज्ञवाली, माओवादी नेता पूर्वमन्त्री राम कार्की, नेपाली कांग्रेसका नेता पूर्वमन्त्री शंकर भण्डारी, पूर्वराजदूत प्रा.डा.जयराज आचार्य, वरिष्ठ पत्रकार हिमालय टाइम्सका प्रधानसम्पादक प्रा.पुरुषोत्तम दाहाल, ज्युँदो शहीद रामजीवन सिंह, प्रतिष्ठानका उपाध्यक्ष पुष्प पराजुली, राष्ट्र बचाउ अभियानका अध्यक्ष ईश्वरी भट्टराई, पूर्वप्राचार्य रुद्रलोचन आचार्यले समसामयिक राजनीति र मेलमिलापवारे मन्तव्य प्रकट गर्नुभएको थियो ।
प्रष्ठिानका अध्यक्ष प्रजातन्त्रसेनानी हरिबोल भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रममा माओवादी नेता कार्कीले पुराना दलहरू विघटन गरी नवीन संरचना निर्माण गर्नुपर्नेमा त्यसो नभएको, विचारमा परिमार्जन हुनुपर्नेमा ती सबै कुरा हुनसकेकाले अहिलेको विचार स्खलित भइरहेको धारणा राख्नुभएको थियो । एमाले नेता ज्ञवालीले, बीपी कोइरालाको राष्ट्रिय एकता तथा मेलमिलापको सन्दर्भ जीवित रहेको हुनाले अहिले पनि सबैका बीच सहकार्य रहनुपर्ने धारणा राख्नुभयो ।
नेपाली कांग्रेसका नेता शंकर भण्डारीको विचारमा नेपालको लोकतान्त्रिक आन्दोलनले बीपीको पदमार्गको अनुशरण गर्नुपर्नेमा त्यसो हुन नसकेको हुनाले राजनीतिमा द्विविधा रहेको जिकिर गर्नुभयो । पूर्वराजदूत प्रा.डा.जयराज आचार्यले बीपीको अन्तर्राष्ट्रिय दृष्टिकोण, विदेश सम्बन्ध सबैको आधार जनताको सार्वभौम स्वतन्त्रता र राष्ट्रिय स्वाभिामानमा निहीत भएको स्पष्ट गर्नुभएको थियो ।
कार्यक्रममा प्रा.दाहालले बीपीको राष्ट्रिय एकता तथा मेलमिलाप नीति-रणनीति नभएर विश्वास थियो भन्नु हुँदै अहिले विचार र व्यवहार अनि लोकतान्त्रिक आचरण स्खलित भएको हुनाले अन्यौल व्याप्त रहेको विचार प्रकट गर्नुभएको थियो । अन्य सबै वक्ताहरूले बीपीको विचारको सान्दर्भिकता निरन्तर रहे पनि कार्यान्वयन गर्ने र लक्ष्य निर्धारण गर्ने प्रश्न सदा उठिरहेको तर्क गर्नुभएको थियो । नेपाली कांग्रेस पार्टीसहित बीपी चिन्तन प्रष्ठिानजस्ता संस्थाहरूले ०३३ पुसमा बीपीले प्रतिपादन गरेको राष्ट्रिय एकता तथा मेलमिलाप नीतिका विषयमा विमर्श गर्दै आएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच