राष्ट्रियसभाको भागबण्डा टुंग्याउन सत्ता गठबन्धनको बैठक बस्दै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक आज पनि बस्दै छ । राष्ट्रियसभा निर्वाचन प्रयोजनमा सहमति खोज्नका लागि प्रधानमन्त्रीको सरकारी निवासमा सो बैठक बस्न लागेको हो ।

राष्ट्रियसभा निर्वाचनमा सिट बाँडफाँटका लागि अहिले गठबन्धन दलका शीर्ष नेता र प्रमुख प्रतिपक्ष दलका नेताहरु निरन्तर छलफलमामा रहेका छन ।

बुधबार प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेता केपी शर्मा ओलीसहितका शीर्ष नेतासँग प्रधानमन्त्री तथा गठबन्धनका नेताहरुले छलफल गरेर राष्ट्रियसभामा भागबन्डाका बारेमा सहमति खोज्ने प्रयास गरेका थिए ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले एमालेले पनि राष्ट्रियसभामा भागबन्डा खोजेको र त्यसमा लचक भएको जानकारी गराएका थिए । उनले एमालेलाई पनि सीट दिएर जानुपर्ने प्रस्ताव राखेपछि गठबन्धन भित्र असन्तुष्टी बढेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?