
काठमाडौं । नेपाल टेलिकमको बजार व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन नेपाल टेलिकम र एनआइटिभी नेपाल लिमिटेडबीच सम्झौता भएको छ । नेपाल टेलिकमका सेवालाई सेवाग्राही समक्ष प्रभावकारी रूपमा पुर्याउन आवश्यक डिजिटल मार्केटिङ कार्यमा सघाउन एनआइटिभी नेपालले आवश्यक भूमिका निर्वाह गर्नेछ ।
दुवै पक्षबीच कम्पनीसँग सम्बन्धित विभिन्न प्रकारका समाजिक सञ्जाल र अन्य अनलाइन माध्यम प्रयोग गरी सेवाग्राहीसँग अन्तक्रिया गर्ने र गुणस्तरीय सेवा उपलब्ध गराउने कार्यमा सहकार्य हुने कम्पनीले जनाएको छ ।
सो सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र एनआइटिभी नेपालका कार्यकारी निर्देशक राजेन्द्रप्रसाद पौडेलले हस्ताक्षर गर्नुभएको कम्पनीका प्रवक्ता शोभन अधिकारीले जानकारी दिनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच