आफुले नदेखे पनि सन्तानलाई संसार देखाउने कल्सेको सपना

हिमालय टाइम्स
Read Time = 4 mins

नृपेन्द्र बहादुर मल्ल
मुगु । हातमा लौरी अनुहारमा कालो चस्मा लगाउने कल्से नेपाली मुगु जिल्लाका जन्मजात दृष्टिबिहिन हुनुहुन्छ । उहाँ दैनिक जसो कहिले आफन्तको सहारा त कहिले एक्लै सदरमुकाम गमगढी बजार डुल्ने गर्नुहुन्छ ।

उहाँ डुल्ने एउटै उद्देश्य हो, कतै सार्वजनिक कार्यक्रम भए गित गाउने । गित गाईसके पछि कसैले अलि आर्थिक सहयोग गर्ने गर्दछन् । 'त्यही केही उठेको पैंसाले कोठामा आप्नो चुलो बल्छ,' नेपालीले भन्नुभयो, 'दिनभर डुलेर कतै कार्यक्रम नभयको दिन रित्तै कोठा फर्कनु परेको छ ।'

पहिले पहिले माया गरेर सबैले सहयोग गर्दथे । अहिले त कमैले हेर्छन । कोठामा चामल, दाल तरकारी, नुन तेल जुटाउन पनि गारो हुने गरेको उहाँ बताउनुभयाे ।

जन्मजात दुई वटै आँखा नभएका नेपालीलाई हाल कोठा भाडा तिर्न समेत मुस्किल भएको छ । उहाँले भन्नुभयाे, 'अहिले सम्मको कोठा भाडा चालीस, पचास हजार पुगिसक्यो, कसरी तिर्ने हो, घरबेटीले पैसा मागेका मागेइ छन् । के गर्ने होला कतै कोठा पाए उतै सर्थे।'

उमेरले ५८ वसन्त पार गरेका नेपाली का ३ वटा छोरीसहित ५ जनाको परिवार छ ।

आफुले संसार कस्तो छ भन्ने अनुभुति नगरे पनि तीन ओटै छोरीलाई स्कुलमा पढायर राम्रो शिक्षा दिएर संसार देखाउन पाए आफ्नाे ठुलो सपना पूरा हुने उहाँ बताउनुहुन्छ । रातदिन आफ्नाे चिन्ता भन्दा छोरीकै बढी चिन्ता लाग्ने उहाँकाे भनाइ  छ । खत्याड गाउँपालिका वडा नं ३ रोल गाउँ घर भएका दृष्टिबिहिन नेपालीको गित नसुनेका प्रायः कमै होलान । उहाँकाे आफ्नाे क श्रेणीको अपाङ्ग भएकाले नेपाल सरकारबाट गाँउपालिका मार्फत रू ४ हजार र छायाँनाथ रारा नगरपालिका बाट रू १५ सय पाउँदै आउनुभएकाे छ ।

केही अवसरका लागि भएपनि आफु गमगढी बसेको सोह्र बर्ष पूरा भएको उहाँले बताउनुभयाे । 'यो संसार कस्तो छ भन्ने खुल्दुली भन्दा ३ वटी छोरी कसैले पढाउने जिम्मा लिइ दिएको भए मलाई संसार देखे जस्तो त्यहिँ हुने थियाे,' कल्सेले भन्नुभयाे । हेरन्डेक नामक गैर सरकारी संस्थाले हरेक महिना केही मात्रामा चामल, दाल, तेल नुन सहयोग गर्दै आएको कल्सेको भनाइ छ । यतिले नपुगे पछि अहिले कल्से नेपालीलाई पाँच जनाको परिवार पाल्न धौधौ परेको छ ।

जिल्लामा आर्थिक मन्दि भैरहेका बेला कल्से नेपाली आफुलाई सहयोग गर्ने हातहरू पनि घट्दै गएको गुनासो ब्यक्त गर्नु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?