सहकारीमा सुशासन र सुदृढीकरण आवश्यक : अध्यक्ष ढकाल

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 3 mins

पाल्पा । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन)का अध्यक्ष चन्द्रप्रसाद ढकालले सहकारीमा सुशासन र सुदृढीकरण आवश्यक रहेको बताउनुभएको छ । पाल्पाको रामपुरमा रहेको अन्धकारमुक्ती बचत तथा ऋण सहकारी सस्थाको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अहिलेको अवस्थामा सुशासन र सुदृढीकरण सहकारीमा आवश्यक रहेको बताउनुभएको हो ।

सहकारी माफर्त सामाजिक सेवा गर्ने हो भने सुशासन, पारदर्शी र सुदृढीकरण जस्ता कुरालाई ध्यान दिन आवश्यक रहेको उहाँले औल्याउनुभयो । अध्यक्ष ढकालले भन्नुभयो, ‘सहकारी भित्र सुदृढीकरण र सुसासनको प्रत्याभुती दिन आवश्यक छ, यस्तो भएन भने सहकारी अभियानमा नलाग्दा हुन्छ ।’ उहाँले बचत कर्तालाई सम्मान गर्न पनि आग्रह गर्नुभयो । अध्यक्ष ढकालले सहकारी सञ्चालकलाई भन्नुभयो, ‘रकम सुरक्षित गर्न नसकिए बचत नबढाउनुहोस् ।’ अनियमिता गरेर सहकारीलाई बदनाम नगर्न पनि उहाँले आग्रह गर्नुभयो । कहि कतै अनियमिता भए नेफ्स्कुन मौन नबस्ने समेत अध्यक्ष ढकालले बताउनुभयो ।

समस्याको पहिचान गरेर मात्र काम गर्न आवश्यकको उहाँले आग्रह गर्नुभयो । सहकारी अभियानमा रहेका समस्याप्रती आफुहरु चनाखो बनेको अध्यक्ष ढकालको भनाई छ । उहाँले भन्नुभयो, ‘सहकारीमा सिर्जित समस्या देखिएका छन्, त्यसमा सरकारले बेवास्ता गरेको छ ।' राज्यलाई सहकारीले कर तिरेको तर सहकारीलाई कुनै पनि सहयोग नगरेको उहाँले धारणा राख्नुभयो ।

सहकारीलाई पछिल्लो समय बदनाम गर्न खोजिएको पनि उहाँले बताउनुभयो । सहकारीमा समस्या भए सुचना दिने काम गर्न सबै सञ्चालक समितिलाई उहाँले आग्रह गर्नुभयो । अध्यक्ष ढकालले भन्नुभयो, ‘केही सहकारीका कारण सबै सहकारी बदनाम गर्नु राम्रो हैन, कहि कतै समस्या भए त्यसलाई सुधारमा ध्यान दिनु पर्छ । तर हामी एक अर्कोले दोषीलाई उम्काउन लागि परेका छौ यो राम्रो होइन ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?