नेम्बाङको पार्थिव शरिर १ बजेसम्म पार्टी कार्यालय र त्यसपछि घरमा लगिने

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा संविधासभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको शव आज घर लगिनेछ ।

मंगलबार दिनभर एमाले पार्टी मुख्यालय, च्यासल ललितपुरमा राखिएको पार्थिव शरिरलाई आज घरमा लगिनेछ ।

आज १ बजेसम्म अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिने र १ बजे पछि बालुवाटारस्थित घरमा लगिनेछ ।

घरमा लगेपछि किरात संस्कृतिअनुसार गर्नुपर्ने कार्य गरिनेछ । नेम्वाङको अन्त्येष्टि भने पशुपति आर्यघाटमा बिहीबार गरिनेछ ।

नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि हुने सरकारले हिजोनै घोषणा गरिसकेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?