‘सागर सुसेली’ र ‘फैलिन्छ कि माया’को परिचर्चा

हिमालय टाइम्स
Read Time = 1 min

भक्तपुर । गीतकार सागर उदासका दुई कृति ‘सागर सुसेली’ र ‘फैलिन्छ कि माया’ माथि परिचर्चा गरिएको छ । सिर्जना अभियान समाजको आयोजनामा भएको परिचर्चा कार्यक्रममा गीतकार सुवासचन्द्र ढुंगेलले सागरका गीतहरूमा दुःख, पीडा, वियोग रहेको बताउनुभयो ।

उक्त कृतिहरूमाथि समीक्षकहरू हरिहर तिमिल्सिना र विमला रानामगरले टिप्पणी गर्दै कृतिका बारेमा समीक्षा गर्नुभएको थियो । कार्यक्रममा धनमान श्रेष्ठ, धुव्र मधिकर्मी, केशव सिग्देललगायतले आ-आफ्ना भनाइ राख्नुभएको थियो । सोअवसरमा कृतिकार सागरलाई सम्मानसमेत गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?