राष्ट्रियसभा निर्वाचनको उम्मेदवार टुङ्ग्याउन अनौपचारिक छलफलमा एमाले

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभा निर्वाचनको उम्मेदवार टुङ्ग्याउन अनौपचारिक छलफल गरिरहेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले विभिन्न प्रदेश तथा सचिवालयका नेताहरूसँग अनौपचारिक छलफल गरिरहेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो।

‘बागमतीबाट ४ जनाको नाम आएको छ । अन्य प्रदेशबाट पनि आउँछ । आज बेलुकासम्म १९ वटा नाम फाइनल हुन्छ ।’ उहाँले भन्नुभयो ।

एमालेले १९ नै उम्मेदवारको नाम आजै फाइनल गर्ने उहाँले भनाइ थियो।

गठबन्धनको कारणले कुनै सीट जित्ने सम्भावना नभएपछि आफ्नो मतको रक्षाको लागि एमालेले १९ सीटमै उम्मेदवारी दिने तयारी गरेको छ।

राष्ट्रियसभा निर्वाचनको २३ गते भोलि मनोनयन हुँदैछ। निर्वाचन आयोगले आज मतदाताको अन्तिम नामावली प्रकाशन गर्दैछ । १९ सिटका लागि राष्ट्रियसभा निर्वाचन माघ ११ गते हुँदैछ । १ जना सांसद सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्नु हुनेछ ।

यता सत्ता गठबन्धनले भने राष्ट्रिय सभाको सिट बाँडफाँट भइसकेको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले सिट बाँडफाँट टुंगो लगाएको हो ।

बैठकपछि नेपाली कांग्रेसका नेता रमेश लेखकले दिएको जानकारी अनुसार नेपाली कांग्रेसले १०, नेकपा माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र १ सिट जसपाले लिने गरी टुंगो लागेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?