काठमाडौं । सुदूरपश्चिम र गण्डकी प्रदेशले सुर्खेतमा जारी ३४औँ राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा जित हात पारेको छ । वीरेन्द्रनगरको खुलामञ्चको कोर्टमा सोमबार भएको दोस्रो खेलमा सुदूरपश्चिम कर्णाली प्रदेशलाई तीन-एकले सेटमा हराएको थियो ।
प्रतियोगितामा पहिलो जित हासिल गर्ने क्रममा सुदूरपश्चिमले प्रतिस्पर्धात्मक खेलमा कर्णालीलाई २५-२१,२१-२५, २५-१८ र २५-२३ ले हराएको थियो । जितका बाबजुद पनि सुदूरपश्चिम प्रतियोगिताबाट बाहिरिसकेको छ ।
एक खेल जितेको कर्णालीले अन्तिम खेलमा गण्डकी प्रदेशको सामना गर्नेछ । समूह ‘बी’मा गण्डकी र त्रिभुवन आर्मी क्लबको समान छ अंक छ । सुदूरपश्चिमको चार, कर्णालीको तीन र मधेशको एक अंक छ ।
सोमबार नै भएको समूह ‘ए’ पहिलो खेलमा लुम्बिनी प्रदेशले कोशी प्रदेशलाई तीन-एक ले हरायो । दोस्रो खेल जित्ने क्रममा लुम्बिनीले कोशीलाई २५-१५,२१-२५,२५-१३ र २५-२१ ले हराएको थियो ।
साविक विजेता एपिएफले सुर्खेतमा जारी ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ । वीरेन्द्रनगरको खुलामञ्चको कोर्टमा एपिएफले लुम्बिनी प्रदेशलाई तीन-एक को सेटमा हराएको हो ।
लुम्बिनीको कडा चुनौतीको सामना गरेको एपिएफ २५-२२,२३-२५ ,२५-२२ र २५-१५ ले विजयी भएको थियो । दोस्रो सेटमा एक समय १७–१० ले पछाडि रहेको खेल लुम्बिनीले उल्टाएको थियो ।
समूह ‘ए’ को आफ्नो पहिलो खेलमा एपिएफले कोशी प्रदेशलाई हराएको थियो । बागमतीलाई जितेको लुम्बिनीले नेपाल पुलिस क्लबसँगको खेल गुमाएको थियो ।
समूहमा एपिएफ र पुलिसको समान छ अंक छ । लुम्बिनी र कोशीको समान तीन अंक छ । बागमती प्रतियोगिताबाट बाहिरिसकेको छ ।
यस्तै पहिलो खेलमा पुलिसले बागमती प्रदेशलाई ३-० २५-१०, २५-१३ र २५-१७ ले हराएको थियो । समूह ‘ए’मा बागमतीले भने लगातार तेस्रो हार बेहोर्यो । बागमती पहिलो खेलमा लुम्बिनी र दोस्रो खेलमा कोशीसँग पराजित भएको थियो । एपिएफसँग मंगलबार हुने अन्तिम खेल अघि नै बागमती प्रतियोगिताबाट बाहिरिएको हो ।
यता गण्डकी प्रदेशले लगातार दोस्रो खेलमा जित हात पार्ने क्रममा मधेश प्रदेशलाई ३-० को सोझो सेटमा हराएको थियो । गण्डकीले मधेशमाथि २५-११, २५-१९,२५-१३ को जित निकालेको हो ।
अर्को खेलमा नेपाल पुलिस क्लबले बागमती प्रदेशलाई ३-० २५-१०, २५-१३ र २५-१७ ले हराएको थियो । गत साता बागलुङमा बुकी कप को फाइनल खेलेको पुलिसले पहिलो खेलमा लुम्बिनी प्रदेशलाई ३-० ले हराएको थियो ।
नेपाल भलिबल संघको आयोजना र कर्णाली प्रदेश भलिबल संघको व्यवस्थापनमा भइरहेको प्रतियोगिताको फाइनल पुस २६ गते हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच