दक्षिण कोरियाली संसदमा कुकुरको मासु व्यापारमा प्रतिवन्ध लगाउने विधेयक पारित

न्युज एजेन्सी नेपाल
Read Time = 1 min

काठमाडाैं । दक्षिण कोरियाको संसदले मंगलवार एशियाली देशमा कुकुरको मासुको व्यापार र उपभोगमा प्रतिवन्ध लगाउने विशेष विधेयक पारित गरेको छ ।

विधेयकले कुकुरको मासुको लागि मासु काट्ने, प्रजनन गर्ने र मानव उपभोगका लागि कुकुरको मासु बिक्री वितरणलाई निषेधित गर्नेछ ।

उल्लङ्घन गर्नेहरूलाई ३ वर्ष जेल वा ३० मिलियन वोन (लगभग २२ हजार ८ सय अमेरिकी डलर) सम्मको जरिवाना हुनसक्छ । मन्त्रिपरिषद्बाट स्वीकृत भई राष्ट्रपतिले हस्ताक्षर गरेपछि ऐन कानून बन्नेछ र तीन वर्षको ग्रेस अवधिपछि कानून लागू हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?