काठमाडौं । आजदेखि देशभरका दुई चलचित्र प्रदर्शनमा आएका छन् । आजदेखि प्रदर्शनमा आएका चलचित्र हुन ‘पर्खी बसेँ तिमीलाई’ र ‘चित्रा’ । पर्खी बसेँ तिमीलाई दीपक श्रेष्ठले निर्देशन गर्नुभएको छ भने चित्रलाई घनश्याम लामिछाने निर्देशन गर्नुभएको हो ।
निर्देशक श्रेष्ठले ‘पर्खी बसेँ तिमीलाई’मार्फत अभिनेतामा किरण श्रेष्ठ र अभिनेत्रीमा रक्षा बुढाथोकीले डेब्यु गराउनुभएको छ । रोमन फिल्म र तपश्री फिल्मस् (सिक्किम) को संयुक्त व्यानरमा निर्माण गरिएको यो चलचित्रमा अनिशा रसाइली, शिव श्रेष्ठ, विल्सनविक्रम राई, सुनिता श्रेष्ठलगायत कलाकारले अभिनय छ ।
यसमा राजाराम बुढाथोकीको निर्माण, कोमल गुरुङको सह निर्माण, परिच्छेद सेन, मौनता श्रेष्ठ र पुरुषोत्तम ढुंगेलको लेखन, संकल्प भुजेलको छायांकन, शम्भुजित बाँस्कोटा, दीपक शर्मा, महेश खड्का र बाबुल गिरीको संगीत, भुपेन्द्र अधिकारीको सम्पादन, मनोरञ्जन श्रेष्ठको कलर करेक्सन, रामजी लामिछाने र निशा रसाइलीको नृत्य निर्देशन छ ।
आजदेखि देशभरका दुई चलचित्र प्रदर्शनमा आएका छन् । आजदेखि प्रदर्शनमा आएका चलचित्र हुन ‘पर्खी बसेँ तिमीलाई’ र ‘चित्रा’ । पर्खी बसेँ तिमीलाई दीपक श्रेष्ठले निर्देशन गर्नुभएको छ भने चित्रलाई घनश्याम लामिछाने निर्देशन गर्नुभएको हो ।
यसको छायांकन नेपालसँगै सिक्किमको रमणीय दृश्यमा गरिएको छ । चलचित्र काठमाडौं उपत्यकामा करण श्रेष्ठले ऋच इन्टरटेनमेन्टमार्फत र मोफसलमा एफडी कम्पनिले प्रदर्शनका लागि वितरण गरेको छ । यसमा लोकप्रिय गीत ‘कालो चश्मा लाउ है मैया’ रिमेक गरिएको छ ।
चलचित्र ‘बादलपारी’ मा समावेश लोकप्रिय गीतको रिमेकमा सुरेन्द्र राणाकै शब्द र शम्भुजित बाँस्कोटाको संगीत छ । गीतलाई गायक प्रमोद खरेल र गायिका मिलन नेवारले गाउनुभएको छ । यस्तै, आजदेखि प्रदर्शनमा आएको चलचित्र ‘चित्र’को सोमबार साँझ काठमाडौंको बिग मुभिजमा प्रिमियर गरिएको थियो । प्रिमियरमा दर्शकले चलचित्रको तारिफ गरेका थिए ।
चलचित्रमा सन्तोष अधिकारी, अर्पण थापा, प्रमोद अग्रहरि, मेनुका प्रधान, प्रकाश घिमिरे, शुभेच्छा खड्का, अञ्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्ज्वल ढकाल, दिपेश गजुरेललगायत कलाकारको अभिनय छ । ‘आमा’ चलचित्रका सहनिर्मातासमेत रहनुभएका सन्तोषले यही चलचित्रबाट अभिनयमा डेब्यू गर्नुभएको हो ।
आशिष थापामगर निर्माता र सन्तोष अधिकारी स्वयं कार्यकारी निर्माता रहेको चलचित्रमा अजय अधिकारीको कथा, मनिष गौतमको पटकथा, राजनराज सिवाकोटीको संगीत, सम्राट बस्नेतको द्वन्द्व निर्देशन, महेश पौडेलको छायांकन, शैलेश श्रेष्ठको पाश्र्व संगीत तथा बनिश शाह र सन्देश शाहको सम्पादन छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच