प्युठानको धार्मिक तथा पर्यटकीय तीर्थस्थल गौमुखीेलाई नुहाउने केन्द्रको गन्तव्य बनाउने अभियान

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 15 mins

रुपन्देही/प्युठान । लुम्बिनी प्रदेशको धार्मिक तथा ऐतिहासिक पर्यटकीय क्षेत्र गौमुखी प्युठान जिल्लामा रहेको छ । जुन प्यूठान जिल्लाकोे स्वर्गद्धारी पछिको दोस्रो ठुलो तीर्थस्थल हो । योपवित्र धार्मिक स्थल गौमुखीबाट त्यस पालिकाकोसमेत नामकरण गरिएको छ । यो स्थल गाउँपालिकाको वडा नं. २ मा रहेको छ ।

समुद्री सतहबाट करिब एक हजार आठ सय मिटर उचाइमा रहेको गौमुखी गुफाको अधिकतम लम्बाइ ४५ फिट, चौडाइ १८ फिट र उचाइ २० फिट रहेको छ । गुफाको प्रवेशद्वार भने साँधुरो रहेको छ । गुफा भित्र रहेको गाईको मुखाकार चट्टान भित्रबाट पानीको छाँगो निस्केकोले गुफाको नाम गौमुखी रहन गएको हो । गौमुखी गुफा झिमरूक नदीको उद्गम स्थल हो ।

धार्मिक मान्यता अनुसार गौमुखीको पानीले स्नान गर्दा अज्ञात पाप पखालिने विश्वास रहेको छ । गुफाभित्र अनुपम आकृति, चट्टानको बनावट, पानीको छहरा, न्यानो पानी र वायुको महसुस गर्न सकिन्छ । गुफाको पूजा गर्ने शैली पनि पृथक रहेको छ । गौमुखी आसपासमा रहेका प्राकृतिक सुन्दरता भूवनोट, बाइसमूल झरना, नाङ्गी लेक, दुई बहिनी भिर, समशीतोष्ण घना जङ्गल र सुन्दर गाउँको अवलोकन गर्न गौमुखी उपयुक्त स्थान रहेको छ ।

स्थानीय सरकार, केन्द्रीय सरकार तथा पर्यटन बोर्डबाट गौमुखी पर्यटन विकास र प्रवर्धनमा निरन्तर सहयोग हुँदै आइरहेको छ । गौमुखीको दर्शनमा दर्शनार्थीको संख्या पनि दिनानुदिन बढ्दै गरेको छ । प्यूठान जिल्लाको धार्मिक तथा पर्यटकीय तिर्थस्थलका हिसाबले स्वर्गद्धारी पछिको दोस्रो ठुलो तीर्थस्थल गौमुखी हो ।

गौमुखी गाउँपालिका–२ अर्खाको लेखमा पर्ने गौमुखीमा स्थानिय कला संस्कृतीसंग रम्न, पर्यटकीय स्थलकको अवलोकन गर्न पर्यटकहरु पुग्ने गर्दछन् । झिमरुक नदीको उद्गम स्थल पनि गौमुखी नै हो । गाईको मुखको आकारबाट पानीको वहाव शुरु हुने ठाउँका रुपमा गौमुखी परिचित मानिन्छ । विकट ठाउँमा रहेको गौमुखी पर्यटकीय हिसाबले अत्यन्तै सुन्दर ठाउँ र यहाँवाट मनमोहक दृश्यको अवलोकन गर्न सकिन्छ ।

के पाईन्छ गौमुखीमा ?

गौमुखीको बिशेषता गौमुखी गुफा प्राकृतिक सुन्दरता कलाकौशल,भेषभुषा र संस्कृति हुन् । कृषि र पशुपालन गौमुखी क्षेत्रका बासिन्दाको मुख्य पेशा हो । उत्तरी प्यूठानको बाग्लुङसँग सीमा जोडिएको गौमुखीबाट निस्केको पानीले नुहाएपछि मागेको पुग्ने विश्वास छ । जोडा नभएकोलाई जोडा मिल्ने, छोराछोरी नभएकोलाई छोराछोरी हुने , बिरामी भएको मान्छे त्यहाँ पुगेर दर्शन गर्यो भने निको हुने जनविश्वास रहि आएको छ ।

यहाँ प्यूठान, रोल्पा, गुल्मी बाग्लुङ र अर्घाखाँचीका तीर्थयात्री नुहाउनकै लागि आउने गर्छन् । मुक्तिनाथ पुगेका तीर्थयात्री गौमुखी आएर नुहाएर स्वर्गद्वारीतर्फ लाग्ने गर्छन । गौमुखीमा गाईको दुधको धार दिईन्छ । त्यस्तै शान्ति प्राप्ति गर्नका लागि परेवा उडाउने,फलफूल चढाउने, बाटेका दाम्ला चढाउने चलन रहेको अर्खा ईनामका स्थानिय दुजमान घर्तिले बताउनुभयो । यहाँ माघेशक्रान्तिमा यहाँ विशेष मेला लाग्ने गर्दछ।

गौमुखीको संरक्षणमा जुट्दै स्थानीय

गौमुखी क्षेत्रको साविकका दस वटा गाविसलाई समेटेर समुदायको प्रयासमा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न थालिएको गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरीले जानकारी दिनुभयो । गौमुखी पुग्नको लागि फराकिला बाटो र रेलिङ निर्माण गरिएको उहाँले बताउनुभयो ।

दुर्गममा रहेको यस क्षेत्रकोे पर्यटन प्रवद्र्धनका लागि सबैको ध्यान पुग्नुपर्ने बताउनुभयो । गौमुखीको पर्यटन प्रबर्द्धनका लागि गाउँपालिकाले गत विगत देखि हाल सम्म पच्चीस लाख भन्दा बढी रुपियाँ बिनियोजन गरि काम गरेको उहाँले बताउनुभयो । ओखरकोटको रक गार्डेन,ऐतिहासिक कोटघर, झिमरुक आसपासका साना खोचबेशी,बाढिकोटको गढिकोट,पुजाँको तामाखानी,लिवाङको स्नाथान,दियाल्नाचौर,तुषाराकोट, गुफाहरु , रजवाराको मगर संस्कृती ,जातजातीको संगमस्थल गौमुखिका मुख्य आकर्षण रहेको उहाँको भनाई छ ।

गौमुखी मगर समुदायहरुको बाहुल्यता वढी भएको ठाउँ हो । नागरिकको आर्थिक जीवनसंग सरोकार राख्ने गौमुखी क्षेत्रको कृषि पर्यटन उर्जा बन र उद्यमको बिकासमा लगानी भएको छैन् । योजनाबद्ध बिकासको अभावमा पर्यटकिय गन्तव्य गौमुखी क्षेत्र छायाँमा परेको छ । आन्तरिक तथा बाह्रय पर्यटनका लागि गौमुखी भौगोलिक बिकटताले ओझेलमा परेको हो । गौमुखीलाई नुहाउने केन्द्रको गन्तव्य बनाउने अभियान सुरु गरिएको छ । केही वर्ष अघिदेखि भौतिक पूर्वाधार निर्माणको काम अगाडि बढेको छ । गौमुखीसम्म पुग्ने पदमार्ग निर्माण भएको छ ।

गौमुखी जाने पदमार्ग भौतिक संरचना बन्दै

धार्मिक तथा पर्यटकीय तिर्थस्थल गौमुखीमा भौतिक संरचनाको निर्माण भइरहेको छ । अर्खा गाउँबाट करिब १ घण्टाको पैदल यात्रा पछि गौमुखीको पुग्ने गरिन्छ । पैदल अनि साघुरो बाटोको जोखीमपूर्ण यात्रा गरेर गौमुखीमा पुगेपनि त्यस क्षेत्रमा बास बस्नको लागि भवन, खाना नास्ताको लागि होटलको व्यवस्था नभएको स्थानिय उर्मिला पंन्डीतले बताउनुभयो ।

अर्खासम्म सड्क बिस्तार भएपनि गौमुखी सम्मनै सड्क विस्तार गरि सवारीसाधनमै यात्रा गर्ने वातावरण गाउँपालिकाले मिलाउनुपर्ने उहाँले बताउनुभयो । गौमुखीको संरक्षण पनि छैन् । मन्दिर वरिपरी काडेतार, सरसफाई गरिनुपर्ने उहाँ बताउनुहुन्छ । मन्दिरमा गेटको व्यवस्थागर्न उहाँले गाउँपालिकालाई आग्रह गर्नुभएको छ । पर्यटकहरु गौमुखीको दर्शनका लागि पुग्नुहुन्छ, पंडितले भन्नुभयो,–‘मन्दिरको आजापुजा गरेपछि फर्किने पर्यटकहरुलाई बस्ने खानेको ब्यबस्था मिलाउनु पर्ने बताउनु भयो।

नजीकका पर्यटकहरु भन्दा बाहिरी जिल्लाबाट आउने पर्यटकहरुलाई बस्ने ,खाने स्थान नहुँदा समस्या भएको उहाँले बताउनुभयो । पर्यटकहरु बस्नका लागि पौवा बनाईएपनि बास बस्न नमिल्ने उहाँले बताउनुभयो । साथै यस क्षेत्रको छेउछाउ खोला रहेकाले पहिरोको जोखीम रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,–‘यसलाई जोगाउन तारजाली लगाउनुपर्छ । ’ प्युठानका प्रदेश संसद निमा गिरीले गौमुखीको मौलिक अस्तित्व नमसिने गरि काम गर्नु पर्ने बताउनु भयो। त्यसलाई बजेट तथा अन्य केहि पुर्वाधार निमार्ण गर्नु पर्ने छ कि नाई अध्यन भैरहेको र अध्यन पछि आवश्यक बजेट बिनियोजको गरेर धार्मिक तथा पर्यटन प्रबद्धनमा अघि बढने बताउनु भयो। गिरीले स्वर्गद्वारीको छेउ भएकोले पनि गौमुखीमा पर्यटन जान्छन हामी स्थानिय प्रदेश मिलेर त्यो वातावरण बनाउँछौँ ।

यसरी पुगिन्छ गौमुखी

महेन्द्र राजमार्ग अन्र्तगत दाङको भालुबाङदेखि ५८ किलोमिटर कालोपत्रे सड्क पार गरेपछि व्यापारिक केन्द्र बाग्दुला पुगिन्छ । बाग्दुलादेखि करिब ४२ किलोमिटर कच्ची सड्क पार गरेपछि अर्खाको ठूलाचौर भन्ने गाउँमा पुगिन्छ । ठूलाचौर देखि करिब १ घण्टा पैदल यात्रा पार गरिसकेपछि गुल्मी र बाग्लुङको सिमानामा पर्ने गौमुखी पुगिन्छ ।

समुद्री सतहबाट १५ सयदेखि २५ सय मिटरसम्मको उचाइमा गौमुखी क्षेत्र अवस्थित छ । करिब डेढ सय वर्षअघि बाग्लुङ निसीका तगारा बुढामगरले भैंसी चराउँदा गौमुखीको १२ मिटर लम्बाइ ६ फिट चौडाइ र ७ मिटर उचाइ क्षेत्रफल रहेको गुफा भेटेको किंवदन्ती छ । त्यही गाईको मुखजस्तो पत्थरको आकारबाट पानी आएको दृश्यका आधारमा गौमुखी नामकरण गरिएको हो ।

गौमुखीमा पर्यटक बढ्दै

गौमुखी मन्दिरको दर्शन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटक वढेका छन् । गौमुखी गाउँपालिका–२, अर्खा ठूलाचौरसम्म सडक राम्रो भएसँगै झिमरुक नदीको उद्गम स्थल गौमुखी पुग्ने पर्यटक पनि बढ्न थालेका छन । गौमुखीमा माघेसक्रान्तिको दिन नुहाउने मेला लाग्छ । माघी संगै औंसी, पूर्णिमामा विभिन्न स्थानबाट तीर्थयात्री नुहाउन आउने गर्छन् । पर्यटन प्रबद्र्धनको लागी गाउँपालिकाले स्थानिय तह र प्रदेशवाट काम भैरहेको अध्यक्ष विष्णुकुमार गिरीले बताउनु भयो।

गौमुखी गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत तुल्सीराम पौडेलले भन्नुभयो गौमुखीमा हरेक माघे सङ्क्रान्तिमा भव्य मेला लाग्ने गर्दछ । गौमुखी माघी मेलामा सबैजना लाई चुल्हे निम्तो छ । पालिकाले पनि यस क्षेत्रको पर्यटन प्रबद्र्धनको लागी काम गर्दे आएको छ । गौमुखी गुफा झिमरूक नदीको उद्गम स्थल हो ।

अर्काेतर्फ गौमुखीको पानीले स्नान गर्दा अज्ञात पाप पखालिने धार्मिक विश्वास रहेको छ । गुफाभित्र अनुपम आकृति, चट्टानको बनावट, पानीको छहरा, न्यानो पानी र वायुको महसुस गर्न सकिने पौडेलले बताउनु भयो । यहाँ डाँफे, मुनालजस्ता चराचुरुंगी, विभिन्न रंगमा फूल्ने लालीगुराँसको दृश्य अवलोकन गर्न प्यूठानसहित छिमेकी जिल्लाबाट पर्यटक आउने गरेको पौडेलको भनाई छ । अर्काेतर्फ गुफाको पूजा गर्ने शैली पनि पृथक रहेको छ ।

गौमुखी आसपासमा रहेका प्राकृतिक सुन्दरता भूवनोट, बाइसमूल झरना, नाङ्गी लेक, दुई बहिनी भिर, समशीतोष्ण घना जङ्गल र सुन्दर गाउँको अवलोकन गर्न गौमुखीबाट सकिन्छ । पालिकाले गौमुखी क्षेत्रकोे संरक्षण र विकासका लागि डिपीआर तयार पारिसकेको र एकीकृत रुपमै संरक्षण र विकास गरिने नीति लिइएको साथै सो क्षेत्रको संरक्षण र विकासको लागि सबैलाई हातेमालो र सहकार्य गर्दै अघि बढ्न प्रमुख प्रशासकीय अधिकृत पौडेलले आग्रह गर्नुभयो । आन्तरिक पर्यापर्यटन मा सहभागी बनौं गौमुखीको विकासमा सहभागी बनाैं प्रमुख पौडेलले भन्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?