
काठमाडौं । नरेश बुढाथोकी र सुन्दर मगरको स्वर रहेको गीत ‘अब अर्को जुनीमा’मा सार्वजनिक गरिएको छ । काठमाडौंमा एक कार्यक्रम गर्दै गायक मगरकै शब्द र संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
शिशिर खातीको निर्देशन/छायांकन रहेको गीतको भिडियोमा दिलाशा बस्नेत, सागर लम्साल ‘बले’, सृष्टि तिमल्सिना, शुभम श्रेष्ठ (मिराकल) लगायतको अभिनय छ । नेपट्युन इन्टरटेन्मेन्ट एलएलसी नामक युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको गीतको भिडियोमा अमेरिकाको मनोरम दृश्यलाई समेटिएको छ । सार्वजनिक भिडियोमा समिता श्रेष्ठको शृंगार, राजेन्द्र मोक्तानको कलर, मनोज कार्कीको सम्पादन छ । गीतलाई दिलाशा बस्नेतले निर्माण गर्नुभएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच