
काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो तीन महिनामा गार्हस्थ्य उत्पादन (जिडिपी) वृद्धिदर घटेर ३.२ प्रतिशतमा खुम्चिन पुगेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले बिहीबार सार्वजनिक गरेको त्रैमासिक तथ्यांकअनुसार जिडिपी वृद्धिदर खुम्चिएको हो । आधारभूत मूल्यमा अघिल्लो आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा ३.२ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान कार्यालयको छ ।
चालु आवको पहिलो त्रैमासिक र गत आर्थिक वर्षको पहिलो त्रैमासिकबीच तुलना गर्दा सबैभन्दा बढी १५.८ प्रतिशतले खानी तथा उत्खनन्को कुल मूल्य अभिवृद्धि बढ्ने अनुमान गरिएको छ भने निर्माण क्षेत्रसँग प्रत्यक्ष आधारित हुने बालुवा, गिट्टी तथा ढुंगा उत्खनन्को मूल्य अभिवृद्धि ११.४ प्रतिशतले बढेको छ । वित्तीय तथा बिमा क्षेत्रको कुल मूल्य अभिवृद्धि १३.२ प्रतिशतले हुने अनुमान गरिएको छ भने आवास तथा भोजन सेवा क्षेत्रमा ११.७ प्रतिशत वृद्धि हुने अनुमान छ ।
अर्थतन्त्रमा सबैभन्दा बढी योगदान रहेको कृषि, वन तथा मत्स्य क्षेत्रको वृद्धिदर १.४ प्रतिशत हुने बताइएको छ । धान उत्पादनमा भएको वृद्धिले पनि सो क्षेत्रको वृद्धिदरमा सकारात्मक प्रभाव पारेको बताइएको छ । थोक तथा खुद्रा व्यापार क्षेत्रको कुल मूल्य अभिवृद्धिमा अघिल्लो वर्षको पहिलो त्रैमासिकको भन्दा चालु आवको पहिलो त्रैमासिक अवधिमा १.२ प्रतिशतले कमी हुने बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच