कालीकोट । जाजरकोट भूकम्प प्रभावितहरूका लागि विभिन्न सरकारी, गैरसरकारी तथा निजी एवं व्यक्तिगत राहत सहायता कार्यले निरन्तरता पाएको छ । त्यसअनुरूप कामसमेत भइरहेका छन् । राज्यको एकद्वार प्रणालीलाई अंगीकार गर्दै विभिन्न गैरसरकारी राष्ट्रिय अन्तर्राष्ट्रिय संघसंस्थाहरूले अस्थायी आवास निर्माण, शौचालय निर्माण, अस्थायी सिकाइ केन्द्रहरूदेखि विभिन्न खाद्य एवं गैरखाद्य सामग्रीहरू सहयोगका कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेका छन् ।
यसैबीच प्लान इन्टरनेसनल नेपाल र समाज जागरण केन्द्र (स्याक) नेपालले सुर्खेतको भेरी नगरपालिका वडा नम्बर-१ मैदेचौरमा ५३ घरपरिवारका लागि सरसफाइका सामग्री र नलगाड नगरपालिका वडा नं. ३, कैनामा गर्भवती र सुत्केरी महिलाहरूका लागि डिग्निटी किट वितरण गरेको छ । भेरी नगरपालिका र नलगाड नगरपालिकाका दुई वडाहरूमा सामग्रीहरू वितरणको कार्य प्लान इन्टरनेसनल नेपालका कन्ट्री डाइरेक्टर रामकिसनको प्रमुख आतिथ्यता र सम्बन्धित वडाका जनप्रतिनिधिको अध्यक्षतामा सामग्री सहयोग गरिएको हो ।
कार्यक्रममा कन्ट्री डाइरेक्टर रामकिसनले भूकम्प प्रभावित परिवारका लागि साहानुभूति व्यक्त गर्नुका साथै सहयोग गरिएको सामग्रीको उचित प्रयोग गरी सुरक्षित वातावरणमा बस्न आग्रह गर्नुभएको छ ।
यसैगरी प्लान इन्टरनेसनल नेपालका कन्ट्री डाइरेक्टरको टिमले जिल्ला प्रशासन कार्यालय, जाजरकोट, भेरी नगरपालिका र नलगाड नगरपकालिका जाजरकोटमा समन्वयात्मक भेटघाट कार्यक्रमसमेत गरेको छ । उक्त समन्वयात्मक भेटमा जिल्ला प्रशासासन कार्यालय जाजारकोटका निमित्त प्रमुख जिल्ला अधिकारी हरिशचन्द्र शर्माले सहयोगी निकायहरूलाई समन्वयात्मक रूपमा काम गर्न आफूहरू तयार रहेको र आगामी दिनमा समेत समन्वय र साझेदारीमा अघि बढेर पुनःस्थापनमा हातेमालो गरेर जानुपर्ने बताउनुभयो ।
भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीले स्वास्थ्य, शिक्षा, जीविकोपार्जन र सरसफाइ केन्द्रित कार्यक्रमहरूको आवश्यकता बढ्दै गएकाले आगामी दिनमा त्यस ठाउँमा योजना सहितको कार्यक्रम सञ्चालनका लागि सुझाव दिनुभयो । विभिन्न तहमा भएका समन्वयात्मक भेटमा कन्ट्री डाइरेक्टर रामकिसनले स्वास्थ्य र जीविकोपार्जनको क्षेत्रमा कार्यक्रम सञ्चालनको पहल गर्न सकिने सम्भावना व्यक्त गर्नुभएको थियो । उक्त भेटघाट कार्यक्रममा प्लान नेपालका क्षेत्रीय व्यवस्थापक मीना पराजुली सहितको टिम र स्याक नेपालका कार्यकारी निर्देशक टीकाराम आचार्य सहितको सहभागिता रहेको थियो ।
यसैबीच, प्लान इन्टरनेसनल नेपालका क्षेत्रीय व्यवस्थापक मीना पराजुली, प्लान इन्टरनेसनल नेपालका कन्ट्री डाइरेक्टर सहितको टिमले जाजरकोट र रुकुम पश्चिमका आठविसकोट भूकम्प प्रभावित क्षेत्रको वास्तविक अवस्था जानकारी भएको र आगामी दिनमा थप कार्यक्रमको योजना तयारमा सहयोग पुग्ने जानकारी दिनुभयो ।
साथै कार्यक्रम सञ्चालन गरिरहेको साझेदार संस्था स्याक नेपालका जाजरकोट परियोजना संयोजक रेशम चन्दले भूकम्प प्रभावितका लागि बहुक्षेत्रीय प्रतिकार्य कार्यक्रम हाल जाजरकोट जिल्लाको भेरी र नलगाड एवं रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा सञ्चालन भइरहेको र उक्त कार्यक्रमबाट १५० घरधुरीका लागि अस्थायी आवास र शौचालय निर्माण, ६ वटा अस्थायी सिकाइ केन्द्र निर्माण, नौ वटा खानेपानी योजनाको मर्मत सम्भार, १९० भत्केका घरको सफाइ जस्ता क्रियाकलापहरूका लागि नगद अवधारणामा र सरसफाइ सामग्री, डिग्निटी किट, भान्सा सामाग्रीलगायत न्यानो कपडा सहयोग कार्यक्रम संरक्षणका दृष्टिकोणले सञ्चालन गरिरहेको जानकारी दिनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच