हरि गौतमको सम्पादनमा प्रकाशित पुस्तक हो ‘डीपी अधिकारीका साहित्यिक रचना’ । रोमिला अधिकारी प्रकाशक रहेको यस पुस्तकको प्रमुख वितरक ओरियन्टल पब्लिकेसन हाउस प्रा.लि.छ । सर्वाधिकार प्रकाशकमा रहेको यस पुस्तकको प्रथम संस्करण । यो २०७९ सालमा प्रकाशित भएको हो । यसको लेआउट ओरियन्टल डेस्कबाट तयार भएको छ भने आवरण ग्राफिक्स सोलुसनबाट तयार भएको छ । डिएमआई आकारको यस पुस्तकमा स्तरीय तौलयुक्त पहेंलो कागजको प्रयोग भएको छ, छपाइ स्तरीय छ । कतै अशुद्धि भने पाइन्छन् ।
पुस्तकको भूमिकाखण्डमा १४ र पाठ्यखण्डमा ४५२ गरी जम्मा ४६६ पृष्ठ रहेका छन् र यसको मूल्य ९५० रुपैयाँ छ । यसको आवरणमा पुस्तकका नायक डीपी अधिकारीको फोटो छ । आवरणमा सेता ठूला अक्षरमा ‘डीपी अधिकारीका साहित्यिक रचना’ भनिएको छ र साना अक्षरमा सम्पादक हरि गौतमको नाम छ । पृष्ठ आवरणमा अधिकबारीको फोटो र उहाँका कृतिहरूको सूची दिइएको छ ।
उहाँका आख्यान र समालोचना गरी दुई प्रकारका कृतिहरूको सूची यहाँ दिइएको छ । जसअनुसार आख्यानमा आशमाया, युगान्तकारी, धरती आफैँ बोल्दैछ, लङ्गडो मान्छे र माउसुली रहेका छन् र समालोचनातर्फ यथार्थवादी समालोचना, नेपाली उपन्यास, जनजीवन र नेपाली साहित्यमा समालोचना रहेका छन् । यही पृष्ठमा सम्पादक हरि गौतमको भनाइ पनि दिइएको छ र तल ओरियन्टल पब्लिकेसनको नामसहित लोगो दिइएको छ ।
एक जना अग्रज स्रष्टा डीपी अधिकारीका कृतिहरूको सङ्ग्रह गरी यस कृतिलाई एउटा स्तरीय र स्थूल कृतिका रूपमा पाठकसमक्ष ल्याउने सराहनीय काम भएको छ प्रकाशक रोमिला अधिकारी, सम्पादक हरि गौतम र ओरियन्टल पब्लिकेसनबाट । यसका लागि संबद्ध सबै पक्षलाई धन्यवाद ।
पुस्तकको भूमिकाखण्डमा पुस्तकका सम्पादक गौतमको लामो सम्पादकीय छ भने पुस्तक नायकका सुपुत्र रोशन अधिकारीको ‘पापाप्रतिको मेरो भावना’ पनि रहेको छ । यसपछि पुस्तकक्रम छ । पुस्तकक्रममा आख्यान खण्ड र समालोचना खण्ड गरी दुई खण्ड रहेका छन् । आख्यान खण्डमा डीपी अधिकारीका उपन्यास पहिले दिइएको छ । आशमाया, धरती आफैँ बोल्दैछ र युगान्तकारी तीनवटा कृतिहरू उपन्यास हुन् । यसैगरी लङ्गडो मान्छे र माउसुली भने उहाँका कथासङ्ग्रह हुन् ।
यसपछि समलोचाना खण्ड सुरु हुन्छ । यस खण्डमा तीनवटा समालोचनात्मक कृतिहरू समावेश गरिएका छन् । यथार्थवादी समालोचना, नेपाली उपन्यास, जनजीवन र नेपाली साहित्यमा आलोचना छन् । एकजनाका साहित्यिक रचनाहरू एकै ठाउँमा सङ्ग्रहित हुन सकेका कारण उहाँका बारेका अध्ययन अनुसन्धान र औपचारिक शोध गर्नेहरूका लागि सजिलो हुन पुगेको छ । एकजना अग्रज स्रष्टा अधिकारीका कृतिहरूको सङ्ग्रह गरी यस कृतिलाई एउटा स्तरीय र स्थूल कृतिका रूपमा पाठकसमक्ष ल्याउने सराहनीय काम भएको छ, प्रकाशक रोमिला अधिकारी, सम्पादक हरि गौतम र ओरियन्टल पब्लिकेसनबाट । यसका लागि संबद्ध सबै पक्षलाई धन्यवाद । साथै कृतिको सफलताको कामना । यस प्रकारका अन्य कृति यसैगरी आइरहून् अग्रीम शुभकामना ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच