काठमाडौं । प्रिमियर लिग फुटबलमा बर्नली र लुटन टाउनले अंक बाँडेका छन् । आज बिहान सकिएको खेलमा दुवै टोलीले एक–एक गोलका बराबरी खेल्दै अंक बाँडेका हुन् ।
बर्नलीका लागि जेकी आमदौनी र लुटन टाउनका कार्लटन मोरिसले एक–एक गोल गरेका थिए । खेलको ३६औँ मिनेटमा बर्नलीका जेकीले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, दोस्रो हाफको इन्जुरी समयमा लुटन टाउनका मोरिसले गोल गर्दै टोलीलाई हारबाट जोगाएका थिए ।
उता बर्नलीे सुरुवाती अग्रता जोगाउन नसक्दा अंक बाँड्न बाध्य भयो । जारी लिगमा २० खेल खेलेको लुटन टाउन १६ अंक जोडेर १८औँ स्थानमा छ । भने २१ खेल खेलेको बर्नली १२ अंकका साथ १९औँ स्थानमा छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच