जब शाहरुखले उदय चोपडासँग ज्याकेट मागे

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । शाहरुख खान र काजोलको ब्लकबष्टर फिल्म ‘दिलवाले दुल्हनिया ले जाएंगे’मा शाहरुख खानले लगाएको एउटा ज्याकेट हिट भयो । फिल्म रिलिज हुने बित्तिकै यो ज्याकेट निकै ट्रेन्डमा आएको थियो ।

शाहरुखले यो ज्याकेट लगाउने भनेर पहिलादेखि तय थिएन । ज्याकेट फिल्मको लागि डिजाइन गरिएकै थिएन । यो ज्याकेट फिल्म निर्माता आदित्य चोपडाका कान्छा भाइ उदय चोपडाको थियो । फिल्म निर्माण भइरहेको बेलामा उदय दाजुलाई निर्देशनमा सघाइरहेका थिए । एउटा गित शूट गर्दा शाहरुखलाई जाडो भयो अनि उनले उदयको ज्याकेट मागेर लगाए ।

ज्याकेट हिरोलाई यति सुहाइरहेको थियो कि निर्देशकले फिल्मको चर्चित गित ‘जरा सा झूम लु मे’ पूरै यही ज्याकेटमा शूट गरे । उदयले क्यालिफोनिर्याको हार्ले डेभिडसनको शोरुमबाट ४०० डलरमा ज्याकेट किनेका थिए । फिल्म रिलिज भएपछि प्योर लेदरबाट बनेको यो ज्याकेटको फेशन नै चल्यो ।

डीडीएलजे बिहाइन्ड द सिन शूट गर्ने पहिलो बलिउड फिल्म थियो । आदित्यलाई मेकिङ प्रडयूस अर्थात् बिहाइन्ड द सिन शूट थर्ने काम दिइएको थियो । उनी शूटिङ स्थलमा भिडियोग्राफर बनेर फिल्म बनिरहेका दृश्यहरु रेकर्ड गर्थे । पछि यसलाई फिल्मको प्रमोशनको काममा प्रयोग गरिएको थियो ।

दिलवाले दुल्हनिया ले जाएंगे सन् १९९५ को अक्टोबर २० मा रिलिज भएको थियो । आदित्य चोपडाको निर्देशन रहेको फिल्मको निर्माता यश जौहर थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?