माओवादी केन्द्रले फागुन पहिलो साता विधान सम्मेलन गर्ने

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेकपा माओवादी केन्द्रले फागुन पहिलो साता विधान सम्मेलन गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी कमिटी बैठकले फागुन १, २ र ३ गते विधान सम्मेलन गर्ने निर्णय भएको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिनुभयो ।

त्यसका लागि प्रतिनिधि छान्ने मापदण्ड बनाइएको उहाँले बताउनु भयो । अर्को स्थायी कमिटी माघ २६ गते बस्ने निर्णय भएको पनि उहाँले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?