अहिले मुलुकवासीहरू बालकुमारी घटनाबाट आतंकित र त्रसित छन् । देशमा शान्ति सुव्यवस्था कायम गराउने जिम्मा लिएको संयन्त्रको असाबधानीले होनहार दुई-तीन युवाहरूले ज्यान गुमाउनुपर्यो भने उता सरकार र सरकारमा सामेल पार्टीहरूले कटु आलोचनाको सामना गर्नु परिरहेको छ । यस्तो अवस्थाको सिर्जना हुनु आफैंमा अत्यन्तै दुर्भाग्यपूर्ण हो । दक्षिण कोरिया सरकारले रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत नेपाली युवाहरूलाई कामदारका रूपमा लिने योजना आफ्नो मुलुकमा रोजगारी उपलब्ध नभएको सन्दर्भमा निकै आकर्षक बन्दै गएको छ । त्यसैनुरूप नेपाली युवाहरूले सबैले समानरूपले अवसर पाउनुपर्ने माग गर्नु स्वभाविकै देखिन्छ । यहाँ अलि आकर्षक खालका रोजगारीमा केही अनुचित आर्थिक लाभका लागि चलखेल हुने गरेको पनि पाइन्छ ।
कोरियाका लागि रोजगार अनुमति प्रणालीमा पनि त्यस्तो नहोला भन्न सकिँदैन । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर करोडौं रकम असुली गर्न सरकारका उपप्रधानमन्त्री तथा गृहमन्त्री भएका व्यक्तिहरू संलग्नको आरोपमा पुर्पक्षका लागि कोही थुनामा छन् त कोही धरौटीमा छुटेका छन् । यस्तो देशमा इपिएस (रोजगार अनुमति प्रणाली) कार्यक्रममा केही पैसा र पहुँचको भरमा काखापाखा भएको छैन भन्न सकिँदैन । सायद त्यही गन्ध पाएर होला केही युवाहरूको जमातले खुला प्रतिस्पर्धा र पारदर्शिताको माग राख्दै बालकुमारीमा विरोध प्रदर्शन गर्दा सुरक्षा संयन्त्रले अत्यधिक बल प्रयोग गरेर कोरिया गएर आफ्ना घरपरिवारको शिक्षा, दीक्षा तथा भरणपोषणको सपना बोकेका दुई युवाले अनाहकमा ज्यान गुमाउनुपर्यो ।
बालकुमारीपछि लगत्तै सर्लाहीको बरहथवामा अर्को घटना घट्यो जसमा एकजना युवाको प्रहरीको गोलीबाट हत्या भयो । यसरी प्रहरी प्रशासनको लापरबाही र असावधानीले देशका होनहार युवाहरूको भटाभट गोली ठोकी हत्या हुनुले जनतामा यो राजनीतिक प्रणालीमाथि नै प्रश्न उठ्न थालिसकेको छ ।
यो बालकुमारी घटनाको चौतर्फी तीव्र विरोध भयो । बालकुमारी घटनामा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को कटु र अशोभनीय आलोचना भए । हुन पनि आखिरमा त्यसको जिम्मेवारी अन्तिममा सरकार प्रमुखमै जानुको विकल्प थिएन । यसर्थ राज्य संयन्त्रलाई अत्यन्तै चनाखो, जनमुखी र जवाफदेही बनाएमात्र सरकार वा राज्य सफल हुन्छ । अहिले सर्वत्र अनुशासनहीनता, जवाफदेहिताहीन र छाडातन्त्र भएको छर्लंग छ । आज कोही पनि आफ्नो मर्यादा र सीमाभित्र बस्न चाहँदैनन् ।
यसको मुख्य कारण हो सरकार, दलका नेता र तीनका पिछलग्गुहरूमा देखिएको आर्थिक अपरदर्शिता । अझ प्रष्ट बुझ्ने भाषामा भन्ने हो भने भ्रष्टाचार हो भनी ठोकुवा गर्न सकिन्छ । देशमा पढेलेखेका वा अपठित युवाहरू रोजगारीका लागि आफ्नो प्यारो मातृभूमि र त्यस्तै प्यारो परिवार छोडेर विदेश जान्छु वा जान पाऊँभन्दा गोली खानुपर्ने कस्तो विडम्बना ? सरकार ¤ अब यस्ता देशै रुवाउने अवस्था भुलेर पनि नदोहोरियोस् !
बालकुमारीपछि लगत्तै सर्लाहीको बरहथवामा अर्को घटना घट्यो जसमा एकजना युवाको प्रहरीको गोलीबाट हत्या भयो । प्रहरी प्रशासनको लापरबाही र असावधानीले देशका होनहार युवाहरूको भटाभट गोली ठोकी हत्या हुनुले जनतामा यो राजनीतिक प्रणालीमाथि नै प्रश्न उठ्न थालिसकेको छ । अब पनि यो संघीय लोकतान्त्रिक गणतान्त्रिक प्रणालीका पक्षधर राजनीतिक दलहरू संवेदनशील र जिम्मेवार नहुने हो भने शासन प्रणाली जोखिममा पुग्ने निश्चित छ । बरहथवाको घटना एउटा अस्पतालको विवादबाट जन्मिएको रहेछ भन्ने बुझिन आएको छ । केही उत्तेजित समूहले मानिसहरूलाई भड्काउन गई स्थिति अनियन्त्रित हुन पुगेको रहेछ । मूलतः बरहथवास्थित १५ शैय्याको अस्पताल सञ्चालन गर्न प्रदेश सरकारलाई दिने कि स्थानीय सरकारले चलाउने भन्ने दुई समूहबीचको द्वन्द्वका कारण उक्त घटना भएको थियो ।
तर, हाम्रो बानी जुनसुकै घटनालाई पनि राजनीतीकरण गर्दै लैजान खोज्दा त्यसले पक्ष÷विपक्ष खडा भई परिस्थिति असामान्य बन्दै जाने गरेको कुरा कतैबाट पनि छिपेको छैन । हामी नेपाली दस वर्षे सशस्त्रयुद्ध नाम दिइएको हत्याहिंसाको दर्दनाक अवस्थाबाट भर्खर शान्ति प्रक्रियामा आएको धेरै भएको छैन । अझै शान्ति प्रक्रियाका कतिपय कामहरू पूरा गर्न बाँकी नै छन् । यस्तो स्थितिमा सरकार र प्रमुख राजनीतिक दलहरूले थप जिम्मेवारी बोध गर्दै संयम र शान्तढंगले देशको शान्तिसुरक्षा र अमनचयन कायम गराउनुपर्छ । शान्ति सुरक्षाको जिम्मा लिएको गृह प्रशासन चुस्त दुरुस्त, शान्त र सौम्य नहुँदा आज बालकुमारीदेखि बरहथवासम्मको सन्सनीपूर्ण अत्यन्तै हृदयविदारक घटना हुन पुग्यो ।
यस्ता घटनाले यो व्यवस्था उल्ट्याउने प्रयासमा लागेकालाई निकै ठूलो मसला बनेको छ । न मुलुकमा कुनै रोजगारीको व्यवस्था छ न जनजीविका सहज छ जसले गर्दा आमनेपालीहरूमा ठूलो वितृष्णा हुन गई गणतन्त्रप्रति नै जनआस्था घट्दै गएको प्रष्ट देखिँदै छ । यसको पछाडि अरू कसैको कारण नभई स्वयं सत्तारूढ दलहरू र प्रमुख प्रतिपक्षी दल नै जिम्मेवार छन् । उनीहरूभित्रकै आपसी मतभेद र मनमुटावले आजको यो स्थिति उत्पन्न भएको हो । यदि परिवर्तनका संबाहक शक्तिहरू सत्ता राजनीतिको लुछाचुडीमा नअल्झी समझदारी कायम गर्दै एकताबद्व भए व्यवस्थाविरुद्व लागिपरेका र विभिन्न कालखण्डमा भएका जनआन्दोलनले हुत्याइएका घुर्यानहरू मुन्टो उठाउने हिम्मत राख्ने थिएनन् ।
जानीनजानी गणतन्त्रवादीहरूले यथास्थितिवादीको पक्षमा परिस्थिति अनुकूल बनाइदिइरहेका छन् । भ्रष्टाचारजन्य गतिविधिले पश्चगामीका लागि पब्लिकमा जाने बाटो बनाइदिएको छ । त्यही भ्रष्टाचारको मुद्दा बोकेर उनीहरू जनता माझ गएर जनमत आफ्नो पक्षमा निर्माण गर्दै गरेको देखिइरहेको छ ।
यस यथार्थलाई बुझ पचाएर तँछाड र मछाड गर्नाले कांग्रेस कम्युनिष्टहरू आफ्नो खाडल आफैं खन्दै छन् । सत्ता उल्टन वा डग्मगाउन धेरै ठूलो कारण चाहिँदैन । एउटा उदाहरण लिऊँ विसं २०३६ सालमा पाकिस्तानमा जुल्फिकर अलि भुट्टोलाई फाँसीको सजाएपछि त्यसको छर्को नेपालमा पर्नगयो र यहाँ आन्दोलन भयो । त्यस आन्दोलनको परिणाम तत्कालीन पञ्चायती सत्ता डग्मगाउन पुग्यो र अन्ततः समसामयिक सुधारसहितको पञ्चायत कि बहुदलीय व्यवस्थामध्ये कुनै एक रोज्न जनमतसंग्रह गराउन बाध्य भएको घटना अझै ताजै छ । त्यसैले यहाँ सामान्य असाधानीबस तीनजना युवाहरूको ज्यान गएको घटनालाई हल्काफुल्का होइन गम्भीर रूपले लिँदै जनतामा व्याप्त असन्तुष्टिलाई बेलैमा सम्बोधन गर्न नसके दलहरू इतिहासको पानामा थन्कन सक्ने संकेत देखिँदै छन् ।
इतिहासको अध्ययन नगर्दा वा बेवास्ता गर्दा कहिलेकाहीँ अकल्पनीय परिस्थितिको सामना गर्न तयार रहनुपर्छ । जनताको विश्वास अहिले जसरी गुमाउँदै वा टुटाउँदै गएपछि आफूले टेक्ने धरातलको अवस्था कस्तो रहला भन्ने हेक्का परिवर्तनकारी दलहरूलाई हुन जरुरी छ । होइन भने ‘मेरा बाउले घ्यू खाएका थिए मेरा हात सुगसुग’ भने जस्तै हुन्छ । अब पनि दश वर्षे सशस्त्र युद्व वा यति वर्ष जेल बसेर र जनआन्दोलनबाट ल्याएको गणतन्त्र भनेर कसैले टेरपुच्छर लाउने छैनन् । अहिलेको पुस्ता कसले कति योग्दान गर्यो भनेर त्यसको आधारमा मूल्यांकन गर्दैनन् ।
उनीहरू त परिणामलाई हेर्न थालिसके । न पहिलो जनआन्दोलन देखे न दोस्रो जनआन्दोलनमा कुनै योगादन पुर्याए उनीहरू त अरूले लगाएको राजनीतिक बाली काट्न आएका छन् । समय र परिस्थितिले धेरै पल्टा खाइसक्यो । बालकुमारी र बरहथवामा भएका अत्यन्तै दर्दनाक र पीडाजनक घटनाको विषयलाई अतिरञ्जित गर्दै राजनीतिक लाभ लिन तल्लीन छन् पुराना शक्तिहरू । होनाहार युवाहरू मैले यहाँ कुनै रोजगारी त पाइन/पाइन विदेश गएर रोजगारी पाऊँ भनी चित्कार गर्दा गोली खानुपर्ने ? यस्तो मानवीय संवेदनाप्रति सहानुभूति प्रकट गर्दै ‘एउटा ढुंगाले दुइटा सिकार’ गर्ने अवसर सरकारको शान्ति सुरक्षाको जिम्मा लिएको प्रहरी प्रशासनको असावधानीले उपलब्ध गराइदिएको भन्नु उपयुक्त होला ।
यसको अर्थ एकातिर मृतकका परिवारजन र आफन्तहरूप्रति सहानुभूति प्रकट गर्ने र अर्कोतर्फ यो संघीय लोकतान्त्रिक गणतन्त्रलाई उल्ट्याउने औजारको रूपमा प्रयोग भइरहेको अवस्था विद्यमान छ । तसर्थ अहिले विशेष चर्चामा बालकुमारीदेखि बरहथवासम्मको घटनालाई उच्चमहत्वका साथ बहसको विषय बनाइएको छ । राजनीतिक तहमा बालकुमारी र बरहथवाको घटनालाई उचालेर संघीयता र गणतन्त्रलाई फाल्ने वातावरण निर्माण गरिँदै छ । पञ्चायती पृष्ठभूमि भएका पञ्चहरू पहिलो जनआन्दोलनबाट पाखा लगाइएकाहरू परिस्थिति अनुकूल देखेर आश्रय स्थलबाट फुत्तफुत्त निस्किएर पूर्वराजा ज्ञानेन्द्र शाहको साथमा पुगेका छन् ।
जानीनजानी गणतन्त्रवादीले यथास्थितिवादीको पक्षमा परिस्थिति अनुकूल बनाइदिइरहेका छन् । भ्रष्टाचारजन्य गतिविधिले पश्चगामीहरूका लागि पब्लिकमा जाने बाटो बनाइदिएको छ । त्यही भ्रष्टाचारको मुद्दा बोकेर उनीहरू जनता माझ गएर जनमत आफ्नो पक्षमा निर्माण गर्दै गरेको हाम्रै आँखाअगाडि देखिइरहेको पनि छ । यही सन्दर्भमा विशेष चर्चा छ बालकुमारीदेखि बरहथवासम्म ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच