इटालियन सिरी ए : एसी मिलानलाई सफलता

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । इटालियन सिरी ए फुटबलमा एसी मिलानले सहज जित निकालेको छ । गएराति भएको खेलमा मिलानले रोमालाई ३–१ गोलले पराजित गरेको हो ।

मिलानका लागि यासिन अदली, थियो हर्नान्डेज र ओलिभर गिरोडले एक–एक गोल गरेका थिए । रोमका लिआन्ड्रो परेडेसले एक गोल फर्काएका थिए ।

मिलानका अदलीले खेलको ११औँ मिनेटमा टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि ५६औँ मिनेटमा हर्नान्डेज र ८४औँ मिनेटमा गिरोडले गोल गरेका थिए । रोमाका परेडेसले खोलको ६९औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए ।

यो जितसँगै एसी मिलान २० खेलबाट ४२ अंक जोडेर तालिकाको तेस्रो स्थानमा रहेको छ । शीर्ष स्थानको इन्टर मिलानको ५१ अंक छ भने १९ खेल खेलेको युभेन्टसको ४६ अंकसहित दोस्रो स्थानमा छ । यस्तै, पराजित भएको रोमा २९ अंकका साथ नवौँ स्थानमा छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?