टुँडिखेलमा अनियन्त्रित भीडमा चेपिएर ८ जना घाइते, भीडलाई नियन्त्रणमा लिन प्रहरीलाई हम्मे हम्मे

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । टुँडिखेलमा अत्यधिक भिडभाडका क्रममा चेपिएर घाइते ८ जना सर्वसाधारण घाइते भएका छन्

सोमबार मगर समुदायको माघेसक्राति र थारू समुदायको माघी मनाउन टुँडिखेलमा कार्यक्रम आयोजना गरिएको थियो। सो कार्यक्रममा सहभागी हुन गएका उनीहरु घाइते भएका हुन् ।

कार्यक्रममा सहभागी हुन पुगेकाहरू टुँडिखेल प्रवेश गर्ने क्रममा अनियन्त्रित बनेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलका अनुसार भीड अनियन्त्रित हुँदा घाइते हुनेको संख्या आठ पुगेकाे छ। प्रहरीले भीड नियन्त्रण गर्न लाठी चार्जसमेत गरेको थियो।

घाइतेहरूलाई राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ। घाइतेको अवस्था सामान्य नै रहेको एसपी ढुंगेलले बताउनु भयो ।

प्रहरीले भीडलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?