काठमाडौं । मिसेस वर्ल्ड नेपाल २०२३ पृथ्वीया थापा विवाहित महिलाहरूको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेस वर्ल्ड-२०२४ मा नेपालको प्रतिनिधित्व गर्न अमेरिका जानुभएको छ । पृथ्वीया आइतबारदेखि शुक्रबारसम्म अमेरिकाको लसभेगासमा हुने मिसेस वर्ल्ड-२०२४ मा नेपालको प्रतिनिधित्व गर्न शनिबार राति अमेरिकातर्फ लाग्नुभएको हो ।
उहाँलाई मिसेस वर्ल्ड नेपालको आयोजक संस्थाको समूहले त्रिभुवन विमानास्थलमा पुगेर विदाई गरेको थियो । यसअघि मिसेस वर्ल्ड नेपालको आयोजक संस्था रिबन इन्टरटेनमेन्टले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनगरी पृथ्वीयालाई सफलताको शुभकामना दिँदै बिदाइ गरेको थियो ।
पृथ्वीयाले यस वर्षको ‘मिसेस वर्ल्ड-२०२४ का लागि आफूले भरपुर तयारी गरेको बताउनुभयो । ‘त्यहाँ नेपालको भेषभूषा, संस्कृति र नेपाली नारीको पहिचान झल्काउने छु’, पृथ्वीयाले पत्रकारहरूसँग कुराकानी गर्दै भन्नुभयो, ‘नेपाली महिलाको आत्मविश्वास र स्वभावलाई प्रतियोगितामा प्रस्तुत गर्नेछु ।’
पृथ्वीयाले विश्वका ५७ देशका विवाहित सुन्दरीको सहभागिता रहने प्रतियोगिताको नेसनल कष्ट्युम राउण्डमा पूर्वी नेपालको किरात समुदायको संस्कृति झल्काउने ढाकाको पहिरन र गरगहना प्रदर्शन गर्नुहुने छ । उहाँले नेपालको हस्तकलाको सामग्री, काठको आकर्षक डिजाइनभित्र सजाइएको सगरमाथा अंकित तस्वीरलाई त्यहाँ प्रदर्शन गर्ने पनि बताउनुभयो । पृथ्वीयाको पहिरन फेसन डिजाइनर बनिषा शर्माले तयार पार्नुभएको हो ।
मिसेस वर्ल्ड नेपालका नेपाल निर्देशक अश्विनीकान्त झाले नेपालले उपलब्धि लिएर पृथ्वीया नेपाल फर्कनेमा आफू ढुक्क रहेको बताउनुभयो । आयोजनक रिबन इन्टरटेनमेन्टका सिइओ निशुकान्त झाले प्रतियोगितामा भोटिङको उत्तिकै महत्व रहेकाले सामाजिक सञ्जालमार्फत पृथ्वीयालाई भोटिङमा सहयोग गरेको बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच