काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले नेपाल पुलिस क्लबलाई जितका लागि एक सय ६७ रनको चुनौती दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज जारी खेलमा कोशी प्रदेशले ४८ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै एक सय ६६ रनको योगफल बनायो ।
कोशीका लागि सुजन थपलियाले एक सय पाँच रनको योगदान गरे । उनले एक सय २६ बलमा आठ छक्का र ६ चौकाको मद्दतले सर्वाधिक एक सय पाँच रनको योगदान गरेका हुन् ।
यसैगरी, अभ्यास तिमिल्सिनाले २३ र कप्तान अङ्कित सुवेदीले १० रन बनाए । सुजनले आठौँ विकेटका लागि अभ्याससँग ९९ रनको साझेदारी गरे । पुलिसका लागि करण केसीले तीन विकेट लिए भने ललितनारायण राजवंशी र सुनिल धमलाले समान दुई-दुई विकेट झारे । त्यसैगरी, राशिद खान, सागर ढकाल र कुशल भुर्तेलले समान एक-एक विकेट लिए । रासस
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच