काठमाडौं । अर्को महिना मलेसियामा हुने एसिसी वुमन्स प्रिमियर कप टी-२० प्रतियोगितामा नेपाल र हङकङ एकै समूहमा परेका छन् । एसियन क्रिकेट काउन्सिलले वुमन्स प्रिमियर कपको खेल तालिका र समूह सार्वजनिक गरेको छ । समूह ‘डी’ मा नेपाल, हङकङ, भुटान र माल्दिभ्स छन् । समूह ‘ए’ मा थाइल्याण्ड, म्यानमार, कुवेत र सिंगापुर छन् । समूह ‘बी’ मा युएई, चीन, ओमान र जापान छन् । समूह ‘सी’ मा इण्डोनेसिया, बहराइन, मलेसिया र कतार छन् ।
नेपाली खेलाडीहरू हाल बन्द प्रशिक्षणमा रहेका छन् । बन्द प्रशिक्षणमा बोलाइएका खेलाडीहरूमा इन्दु बर्मा (कप्तान), विन्दु रावल, रुविना क्षेत्री, सीता रानामगर, काजोल श्रेष्ठ, सबनम राई, संगीता राई, अप्सरी बेगम, कविता जोशी, कविता कुँवर, सम्झना खड्का, लक्ष्मी साउद, डली भट्ट, अस्मिना कर्माचार्य, सोनी पाख्रिन, यशोदा विष्ट, खुसी डंगोल, रोमा थापा, सोमु विष्ट, ममता चौधरी, पूजा महतो, आरती महतो, ज्योत्स्निका मरासिनी र लक्ष्मी चौधरी हुनुहुन्छ ।
प्रतियोगितामा हरेक समूहका शीर्ष दुई-दुई टोलीले क्वाटरफाइनल खेल्न पाउनेछन् । सेमिफाइनल हुँदै फाइनल पुग्ने दुई टोलीले वुमन्स एसिया कप खेल्न पाउनेछन् ।
नेपालले फेब्रुअरी १० मा हङकङ, ११ फेब्रुअरीमा भुटान र १३ फेब्रुअरीमा माल्दिभ्ससँग खेल्नेछ । क्वाटरफाइनलका खेलहरू १४ फेब्रुअरी, सेमिफाइनल १६ फेब्रुअरी र फाइनल १८ फेब्रुअरीमा हुनेछ ।
नेपालले यस प्रतियोगिताका लागि बन्द प्रशिक्षणमा २४ खेलाडी बोलाएको छ । पोखरामा बन्द प्रशिक्षणपछि नेपालले अन्तिम टोली घोषणा गर्नेछ ।
फाइनलमा पुग्ने दुई टोलीले आगामी जुलाईमा हुने महिला टी-२० एसिया कप खेल्न पाउनेछन् । उक्त एसिया कपमा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र छनोटबाट आउने दुई टोली हुनेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच