
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कोशी प्रदेशको धरान रेडक्रस सोसाइटीलाई मोबाइल ब्लड बस हस्तान्तरण गरेको छ । धरानमा बुधबार एक कार्यक्रमबीच सुनसरी जिल्ला शाखाद्वारा सञ्चालित रक्तसञ्चार सेवा केन्द्र धरानका लागि ब्लड मोबाइल बस हस्तान्तरण गरेको छ । ७० लाख रुपैयाँ लागतमा खरिद गरिएको मोबाइल ब्लड बस एनआरएनए अध्यक्ष डा. बद्री केसी र कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले रेडक्रस सोसाइटी सुनसरीका अध्यक्ष उमेश थापालाई हस्तान्तरण गर्नुभएको हो ।
सो अवसरमा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले गैरआवासीय नेपालीहरूलाई कोशी प्रदेशको समृद्धिका लागि सहकार्य गर्न आग्रह गर्नुभएको छ । उहाँले कोशी प्रदेशमा लगानीका प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै समृद्ध कोशीका लागि लगानीका सम्भावित क्षेत्रमा सहकार्य गर्न एनआरएनएसँग मिलेर काम गर्ने प्रस्ताव गर्नुभयो ।
एनआरएनएले देशमा अप्ठ्यारो परेका बेला सहयोग गरेको स्मरण गर्दै विदेशमा रहेका नेपालीबीच एकता हुनुपर्ने र युरोप, अमेरिकामा बस्ने नेपाली र मध्यपूर्वका देशमा बस्ने नेपालीबीच मतभेद हुन नहुने उहाँले बताउनुभयो ।
एनआरएनए अध्यक्ष डा. बद्री केसीले नेपालमा लगानीका लागि गैरआवासीय नेपालीहरू सक्रिय रहेको जानकारी गराउँदै विदेशीको लगानीभन्दा गैरआवासीय नेपालीको लगानी दिगो हुने बताउनुभयो । कोशी प्रदेशको समृद्धिका लागि एनआरएनए पूर्वाधारलगायतका क्षेत्रमा सहकार्य गर्न तयार रहेको उहाँको भनाइ थियो ।
एनआरएनए उपाध्यक्ष डा. हेमराज शर्माले स्थापनाकालदेखि एनआरएनएनले एक अर्बभन्दा बढीको परोपकारी काम गरेको जानकारी गराउँदै एनआरएनएले हस्तान्तरण गरेको बसले सडक दुर्घटनामा परेका नेपालीहरूको ज्यान जोगाउन ठूलो सहयोग पुग्ने बताउनुभयो ।
एनआरएनएले नेपालमा लगानी, परोपकारी काम र विदेशमा बस्ने नेपालीको हकहितका लागि आवाज उठाउने तीन मुख्य मुद्दालाई पिल्लरका रूपमा लिएर सोही दिशामा काम गर्दै आएको उहाँको भनाइ थियो । त्यस्तै, एनआरएनएकी उपाध्यक्ष रोजिना प्रधानले मोबाइल ब्लड बसले मानिसको ज्यान बचाउन महत्वपूर्ण भूमिका हुने बताउनुभएको थियोे ।
कार्यक्रममा प्रतिनिधिसभाका पूर्वसांसद मीना सुब्बा, प्रदेश सांसद रामप्रसाद मेहता, यशोदा कायस्थ, भीम पराजुली, धरान उपमहानगरपालिकाका नगर उपप्रमुख हर्कराज राई, इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी, रेडक्रस सोसाइटीका उपमहामन्त्री मनोजकुमार थापालगायतको उपस्थिति रहेको थियो । बाँकी लुम्बिनी र मधेश प्रदेशमा समेत मोबाइल ब्लड बस हस्तान्तरण गरिने एनआरएनएले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच