ताक्लाकोटमा एक नेपालीको मृत्यु

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 3 mins

हुम्ला । छिमेकी राष्ट्र चीनको ताक्लाकोटमा होटेल तथा पसल व्यवसाय गर्दै आएका एक नेपालीको मृत्युभएको छ । डोटी जिल्ला जोरायल गाउँपालिका-२ घर भएका ५५ वर्षिया वीर बहादुर थापाको माघ २ गते मृत्यु भएको हो ।

मृतककाे लाशलाई विहिबार विहान नेपाल ल्याइएको छ । हर्टअट्याकका कारण ताक्लाकोटको अस्पतालमा उपचारका क्रममा थापाको मृत्युभएको आफन्त नाता पर्ने कुमार भण्डारीले बताउनुभयो । ताक्लाकोटमा माघ २ गते दिउँसो मृत्युभएका थापाको लाश सिमानाका हिल्सा पुर्याइएको थियो । विहिबार विहान हिल्साबाट हुम्ला सदरमुकाम सिमकोट विमानस्थलसम्म हेलिकप्टर रिजर्भ गरेर ल्याइएको हो ।

हुम्लादेखि नेपालगञ्जसम्म जहाज र नेपालगञ्जदेखि एम्बुलेन्स रिजर्भ गरेर लिने भएको आफन्त भण्डारीले बताउनुभयो । मृतक लाशलाई ताक्लाकोटबाट हिल्सा, सिमकोट हुँदै नेपालगञ्ज पुर्‍याएर डोटी लगिएको छ ।

सिम्रिक एयरको फिस्टेल हेलिकप्टरले मृतक थापाको लाश हिल्साबाट सदरमुकाम सिमकोट विमानस्थलसम्म पुर्‍याउन रु दुई लाख भाडा लिएको आफन्त भण्डारीले बताउनुभयो । सिमकोट ल्याइएको लाशलाई निजी सीता एयरलाइन्स रिजर्भ गरेर हुम्लादेखि नेपालगञ्जसम्म रु तीन लाख पच्चीस हजार भाडा तिरेको उहाँले बताउनुभयो ।

यस्तै नेपालगञ्जबाट डोटी घरसम्म लिनका लागि मृतक थापाको लाशको भाडा एम्बुलेन्समा रु ६० हजार तिरेर रिजर्भ गरेको बताइएको हो । थापाको कालगतिले मृत्युभएकाले मृत्युभएकाले पोष्टमार्टम नगरी आफन्तले लाश बुझेर आफ्नैमा हवाई यातायात रिजर्भ गरेर लिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले बताएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?