
काठमाडौं । नेपाल अपांग महिला संघको आयोजना तथा वुमेन काइन्ड वल्र्डवाइडको सहकार्यमा ‘अपांगता र समावेशी विकास’सम्बन्धी अन्तर्क्रिया कार्यक्रम राजधानीमा सम्पन्न भएको छ । ‘लैगिंक समानता, अपांगता तथा सामाजिक समावेशीकरण’ को मर्म अनुरूप अपांगता भएका महिला तथा व्यक्तिलाई हरेक योजना तथा कार्यक्रममा समेट्नुपर्छ भन्ने उद्देश्यले सरकारी तथा नागरिक समाजका प्रतिनिधिलाई सोही विषयमा ध्यानाकर्षण गर्नका लागि सो कार्यक्रमको आयोजना गरिएको हो ।
‘अवरोध हटाऔं, न्यायमा पहुँच बढाऔं’ भन्ने नाराका साथ आयोजना गरिएको सो अन्तर्क्रिया कार्यक्रममा बोल्दै नेपाल अपांग महिला संघकी अध्यक्ष टीका दाहालले अपांगता भएका व्यक्तिलाई समाज तथा राष्ट्रले अझै पनि दयामुखी सोचबाट हेर्ने गरेकाले अपांगता भएका व्यक्तिलाई विकासका हरेक पक्षमा समावेशीकरण गर्न नसकेको औंल्याउनु हुँदै अबका दिनका लैगिंक समानता, अपांगता तथा सामाजिक समावेशीकरणको दृष्टिकोणबाट हेर्न तथा सोहीअनुसार काम गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल अपांग महिला संघकी उपाध्यक्ष मीना पौडेलले महिलाभित्र पनि विविधता रहेकाले यसलाई केवल महिलाको हिसाबले मात्रै नहेरेर अन्तरछेच्दिय दृष्टिकोणले हेर्नुपर्ने बताउँनुहुँदै अपांगता भएका महिलालाई अगाडि वढाउन सबै पक्षमा उनीहरूको पहुँचयुक्तता तथा सहभागितामा जोड दिनुपर्ने सुझाब दिनुभयो ।
कार्यक्रममा सहभागी सरकारी तथा नागरिक समाजका प्रतिनिधिले आफूले सेवा गरिरहेको निकायबाट अपांगता भएका व्यक्तिहरूलाई के कस्तो सेवा सुविधा प्रदान गरिरहेको छ भन्ने विषयमा जानकारी गराउँनु हुँदै अबका दिनमा पनि उनीहरूलाई आफ्ना योजना तथा कार्यक्रममा अझ बढी समेट्दै लैजानका लागि प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
Thank you HiTa for news published !