जापानको ‘मुन स्नाइपर’ चन्द्रमामा अवतरण

तस्बिर : सीएनएन

हिमालय टाइम्स
Read Time = 1 min

जापान । जापानको चन्द्रयान चन्द्रमामा सफलतापूर्वक अवतरण भएको छ । जापानको अन्तरिक्ष एजेन्सीले आफ्नो स्मार्ट ल्यान्डर फर इन्भेस्टिगेटिङ मुन (स्लिम)ले चन्द्रमाको सतहमा सफ्ट ल्यान्डिङ गरेको जनाएको हो ।

जुन सफलता पछि अमेरिका, रुस, चीन र भारतपछि जापान चन्द्रमामा अवतरण गर्ने पाँचौं देश बनेको छ । जापान एरोस्पेस एक्सप्लोरेसन एजेन्सीले मुन स्निपर नामक प्रोबलाई लक्ष्यको १०० मिटर भित्र अवतरण गर्ने प्रयास गरेको छ।

जापानको अन्तरिक्ष एजेन्सी स्लिमले आफ्नो सही लक्ष्य हासिल गरेको छ कि छैन भनेर प्रमाणित गर्न एक महिना लाग्ने बताएको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?