भिरबाट खसेर जुम्लामा एक जनाको मृत्यु

विजय रावत जुम्ला, संवाददाता
Read Time = 1 min

जुम्ला । जुम्लामा भिरबाट खसेर एक जनाको मृत्यु भएको छ।

तिला गाउँपालिकाका २ स्थित लर्मी गाउँका ४० वर्षीय आसिमान रावतको जंगलमा दाउरा काट्न गएका बेला लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी उमेशबहादुर चन्दले जानकारी दिनुभयो ।

घरबाट शुक्रबार दिउँसो दाउरा ल्याउन भन्दै जंगल गएका रावत मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी चन्दले बताउनु भयो ।

दाउरा लिन घरबाट बिहान निस्केका रावत राति अवेरसम्म पनि नफर्किँदा स्थानीयले खोजी गर्दा पनि नभेटेपछि प्रहरीलाई जानकारी गराएका थिए। स्थानीयको सूचनाका आधारमा जंगलमा खाेजी गर्दा रावत मृत फेला परेको सूचना अधिकारी चन्दले बताउनुभयो ।

मृतक रावतको शव पोष्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको र पोष्ट मार्टमपछि आफन्तको जिम्मा लगाइने जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?