वडा कार्यालयलाई ४० लाखको जग्गा निःशुल्क, भवनको शिलान्यास

प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 2 mins

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–७, मा वडा भवन निर्माणका लागि दुई दाजुभाइले जग्गादान गर्नुभएको छ।

सोही वडाका स्थानीयवासी जगतनारायण श्रेष्ठ र तुल्सिनारायण श्रेष्ठले वडा कार्यालय भवन बनाउन जग्गादान गर्नुभएको हो । उहाँहरुले २०–२० लाख बराबरको ४० लाख रुपैयाँ बराबरको जग्गा निःशुल्क उपलब्ध गराउनु भएको छ ।

कार्यवाहक मेयर रन्जितादेवी चौधरी, वडाध्यक्ष नाथुराम चौधरी, जग्गादाता जगतनारायण श्रेष्ठ र वडाका वडा सदस्यहरुले संयुक्त रुपमा वडा कार्यालय भवन शिलान्यास गर्नुभयो।

आगामी असारभित्र वडा कार्यालय भवन निर्माणका लागि ईश्वरपुर नगरपालिकाले ४७ लाख ५० हजार रुपियाँ बजेट विनियोजन गरेको वडाध्यक्ष चौधरीले जानकारी दिनुभयो ।

वडा कार्यालय भवन शिलान्यास कार्यक्रममा वडाका अन्य जनप्रतिनिधि, विभिन्न वडाका वडाध्यक्ष, निमित्त प्रमुख प्रशासकीय अधिकृत एवं शिक्षा शाखा संयोजक हरि दाहाल, योजना शाखा प्रमुख पुष्परमणि घिमिरे, वडास्तरीय विभिन्न राजनीतिक दलका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?