भारतबाट उज्वेकिस्तान हुँदै रूस जान लागेको विमान दुर्घटना

हिमालय टाइम्स
Read Time = 2 mins

एजेन्सी । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएअनुसार अफगानिस्तानमा ठूलो हवाई दुर्घटना भएको छ ।  सञ्चार माध्यमले जनाए अनुसार भारतबाट उज्वेकिस्तान हुँदै मस्को जान लागेको विमान दुर्घटनामा परेको हो ।

शनिबार राति बदख्सानको जेबक जिल्लाको पहाडी इलाकामा विमान दुर्घटनाग्रस्त भएको सञ्चारमाध्यमहरुले जनाएका छन् । तर, हालसम्म यो विमानको पहिचानबारे भारत सरकार र अफगानिस्तान सरकारबाट कुनै आधिकारिक वक्तव्य जारी गरिएको छैन।

विमानमा कति यात्रु थिए र दुर्घटनामा परेका यात्रु कुन देशका थिए भन्ने अझै खुल्न सकेको छैन।

अफगानिस्तानका प्रान्तीय प्रहरी प्रवक्ताले आइतबार उत्तरी अफगानिस्तान प्रहरीलाई बदाक्षन प्रान्तमा एक विमान दुर्घटना भएको रिपोर्ट प्राप्त भएको बताएका थिए । बदाक्षन प्रान्त सरकारका प्रवक्ता जबिहुल्लाह अमिरीका अनुसार दुर्घटनास्थलमा एक टोली पठाइएको छ ।

दुर्घटनास्थल प्रान्तीय राजधानी फैजाबादबाट २०० किलोमिटर टाढा विकट क्षेत्रमा पर्दछ । त्यहाँ पुग्न १२ घण्टासम्म लाग्ने प्रवक्ता अमिरीले बताएका छन् ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?