संसदको महासचिव नियुक्त गर्न राष्ट्रपतिलाई सभामुख र राष्ट्रिय सभा अध्यक्षको स्मरणपत्र

फाइल तस्वीर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । संघीय संसदको महासचिव नियुक्त गर्न प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति रामचन्द्र पौडेललाई स्मरण पत्र पठाउनु भएको छ ।

सभामुख घिमिरे र अध्यक्ष तिमिल्सिनाले २५ मंसिरमा संघीय संसदको महासचिवमा पदमराज पाण्डेलाई सिफारिस गर्नुभएको थियो । तर राष्ट्रपति रामचन्द्र पौडेलले अहिलेसम्म यसबारे निर्णय नगरेपछि उहाँहरुले स्मरणपत्र पठाउनु भएको हो ।

स्मरण पत्र पठाउनुअघि सभामुख घिमिरे र राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले राष्ट्रपति पौडेलका कानुनी सल्लाहकार बाबुराम कुँवरलाई बोलाएर छलफल गर्नुभएको थियो ।

महासचिवबाट भरतराज गौतमले गत मंसिर २४ गतेदेखि लागू हुने गरी राजीनामा दिए पनि रिक्त महासचिव पदमा अझै नियुक्ति गरिएको छैन।

सभामुख घिमिरे र अध्यक्ष तिमिल्सिनाको परामर्शमा राष्ट्रपति पौडेलले अर्को व्यवस्था नभएसम्मका लागि भन्दै गत मंसिर २७ गते सचिव पाण्डेलाई संघीय संसदको कार्यवाहक महासचिवको जिम्मेवारी तोक्नुभएको थियो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?