काठमाडौं । राष्ट्रियसभा अध्यक्षको निर्वाचन फागुन २९ गते मंगलबार हुने भएको छ ।
राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलहरुको आइतबार बिहान बसेको सर्वदलीय बैठकले मंगलबार निर्वाचन गर्ने सहमति जुटाएको हो ।
बैठकले सोमबार मनोनयन दर्ता गर्ने गरी कार्यतालिका तय गरेको छ।
संसद सचिवालयका अनुसार ‘पूर्वनिर्धारित समयमै चुनाव गर्ने निर्णयसहित कार्यसूची तय भएको छ ।’
राष्ट्रिय सभा कार्य सञ्चालन नियमावली अनुसार उपाध्यक्ष अर्यालले संघीय संसद् सचिवालयका महासचिव पदमप्रसाद पाण्डेलाई राष्ट्रिय सभा अध्यक्षको निर्वाचन कार्यक्रम सम्बन्धी सूचना प्रकाशित गर्न पनि निर्देशन दिनुभएको छ । ।
राष्ट्रिय सभा अध्यक्ष पदका लागि नेकपा (एमाले) सहितको गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र) ले अध्यक्ष पदमा उम्मेदवार दिने सहमति भइसकेको छ ।
माओवादीबाट राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्याल, राष्ट्रिय सभा सदस्य नारायणप्रसाद दाहाल र झक्कुप्रसाद सुवेदी राष्ट्रिय सभा अध्यक्ष पदका लागि आकांक्षी देखिनुभएको छ ।
भोलि बस्ने माओवादी स्थायी समिति बैठकले राष्ट्रिय सभा अध्यक्ष पदको उम्मेदवारको टुंगो लगाउने बताइएको छ ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले भने भर्खरै मात्रै राष्ट्रिय सभा सदस्य निर्वाचित भएर संसदीय दलको नेता चयन भइसकेका कृष्णप्रसाद सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष पदको उम्मेदवार बनाउने निर्णय भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच