प्रधानमन्त्री कप : कोशीलाई भारी अन्तरले हराउँदै गण्डकी प्रदेश विजयी

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा गण्डकी प्रदेशले कोशीलाई १४२ रनको भारी अन्तरले पराजित गर्दै विजयी भएको छ ।

जीतका लागि एक सय ६८ रनको विजयी लक्ष्य पछ्याएको कोशी प्रदेश १५ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै कूल २५ रनमा समेटियो । कोशीका लागि कुनै पनि ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । कोशीका कप्तान अङ्कित सुवेदीले ८ रन जोडे भने कमल खत्रीले ५, आशिष भट्टराई र अभ्यास तिमिसिनाले समान तीनरतीन रन जोडे । बलिङततर्फ गण्डकी प्रदेशका विपीन खत्री एक्लैले ६ विकेट लिए भने सन्दीप पराजुलीले तीन विकेट झारे भने अङ्कित न्यौपानेले एक विकेट लिए ।

त्यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको गण्डकीले ४८ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै एक सय ६७ रनको योगफल बनायो । गण्डकीका लागि मुस्कान थापाले ६७ रनको योगदान दिए । उनले एक सय २२ बल खेल्दै सात चौकाको मद्दतमा ६७ रन बनाएका हुन् । त्यसैगरी कप्तान विपीन खत्रीले ४२ रन बनाए भने कमल परियारले १३ रन जोडे ।

कोशी प्रदेशका अभ्यास तिमिसिनाले ६ विकेट लिए भने सन्दीप पराजुलीले तीन तथा अङ्कित न्यौपानले एक विकेट लिए । यस जीतसँगै गण्डकीले पहिलो जीत दर्ता गराएको छ । गण्डकीले चार खेलमा दुई अङ्क जोडेको छ । छैटौँ खेलमा पराजित रहेको कोशी प्रदेश भने अङ्कविहीन छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?