बिर्तामोड युनाइटेड क्लब, इलाम गोल्डकपको सेमीफाइनलमा प्रवेश

प्रकाश नेपाल इलाम, संवाददाता
Read Time = 2 mins

इलाम । विर्तामोड युनाइटेड क्लब झापा इलाममा जारी प्रथम इलाम गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको दोस्रो क्वाटरफाइनल खेलमा जागृति युवा क्लब इटहरफलाई ३-० गोल अन्तरले पराजित गर्दै झापाले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

झापाका लागि हिसुब थपलियाले ३८ र ५१ औं एवम् प्रशान्त लक्समल ८६ औं मिनेटमा गोल गर्दै टिमलाई जित दिलाए । झापाले अब मंगलबार हुने बुटवल लुम्बिनी फुटबल क्लब र पाँचथर फुटबल क्लब पाँचथरको विजेतासँगको भेट पक्का गरेको छ ।

सुरुवातदेखि नै एकलौटी दवावमा परेको इटहरीले पाएको केही अवसरगोलमा परिणत गर्न नसक्दा हार ब्यहोर्न बाध्य बन्नुपर्‍यो ।

खेलको म्यान अप द म्याच विजेता झापाका हिसुब थपलिया घोषित हुँदै नगद पाँच हजार प्राप्त गरे ।

सोमबार तेस्रो क्वाटरफाइनलमा न्युरो टिम ९एनआरटी० र बाग्मती युवा क्लब सर्लाहीबीच प्रतिष्पर्धा हुनेछ ।

गोल्डकपमा भारतको एक टिमसहित ८ टिमले सहभागीता जनाएका छन् । गोल्डकपको विजेताले नगद रु पाँच लाख र उपविजेताले नगद रु तीन लाखसहित पदक र प्रमाणपत्र पाउनेछन् । सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट किपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिपेन्डर, उदयीमान खेलाडी र उत्कृष्ट कोचलाई खेलको अन्तिम दिन नगद रु पाँच हजार प्रस्कार प्रदान गरिने आयोज रेडहर्षका अध्यक्ष साङ्गे योल्मूले बताए ।

गोल्डकपको फाइनल १३ माघमा हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?