बस्नेतको ‘समय साक्षी’ लोकार्पण

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । वरिष्ठ पत्रकार बबिता बस्नेतको पुस्तक ‘समय साक्षी’ लोकार्पण गरिएको छ । राजधानीमा एक कार्यक्रमबीच पुस्तकको लोकार्पण गरिएको हो । कार्यक्रममा प्रथम गभर्नर हिमालय शमशेर राणा, कथाकार भुवन ढुंगाना, लेखक बस्नेत र उहाँका मातापिताले संयुक्त रूपमा पुस्तक लोकार्पण गर्नुभएको थियो ।

प्रकाशक संस्था बुक हिलले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पहिलो गभर्नर राणाले यात्रा गर्दाको दैनिकीको स्वरूपमा पुस्तक आएको बताउनुभयो । तीनचार पृष्ठका छोटा अध्याय रहेकाले पुस्तक पढ्न रुचिकर रहेको उहाँले बताउनुभयो । लेखक बस्नेतले यात्राका बेला भेटेका विषयवस्तुलाई महिला अधिकारसँग जोडेर प्रस्तुत गरेको राणाको भनाइ थियो ।

पुस्तकका विषयमा समीक्षात्मक मन्तव्य व्यक्त गर्दै कथाकार ढुंगानाले पुस्तकमा दुई सय १२ वटा निबन्ध समेटिएको जानकारी गराउनुभयो । विदेश गएका बेलाको यात्रा संस्मरणका विषय बढी रुचि लाग्ने खालका भएको उहाँले बताउनुभयो । लेखक बस्नेतले यात्रा धेरैले गर्ने गरे पनि अभिलेख नराख्ने गरेको सुनाउँदै आफूले यात्राका बेला भेटिएका विषयवस्तुलाई समेटेर पुस्तक लेखेको बताउनुभयो । यसमा आफ्ना कथा र यात्राका कहानी समेटिएको उहाँले जानकारी गराउनुभयो । ‘मैले भोगेको समयमा सम्झनाका साक्षी बिम्बहरूलाई मैले यस पुस्तकमा उतार्ने कोसिस गरेकी छु’, उहाँले भन्नुभयो ।

कार्यक्रममा बुक हिलका संस्थापकद्वय पवन आचार्य र भूपेन्द्र खड्काले यात्रा संस्मरणमा उल्लेखनीय पुस्तक पाठकसामु ल्याउन सफल भएको बताउनुभयो । २३४ पृष्ठको पुस्तकको हार्डकभरको मूल्य ५०० र पेपर व्याकको मूल्य ४०० रुपैयाँ राखिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?