
काठमाडौं । म्याक कफीको आधिकारिक आयातकर्ता आक्र्स ग्रुपले आफ्ना बिक्रेता र ग्राहक लक्षित गरी सञ्चालन गरेको ‘म्याक कफी उपहार धमाका २०८०’का विजेता छनोट गरेको छ । गत साउनदेखि सञ्चालित अभियानअन्तर्गत तीनजनाले मोटरसाइकल हात पारेका छन् ।
शनिबार राजधानीमा आयोजित कार्यक्रममा लक्की ड्रमार्फत् विजेता छनोट गरिएको हो । वरिष्ठ व्यावसायिक फोटोग्राफर राजभाइ सुवालले लक्की ड्र सार्वजनिक गरेको उक्त कार्यक्रमको म्याक कफीकै फेसबुक पेजमार्फत् प्रत्यक्ष प्रशारणसमेत गरिएको थियो ।
कम्पनीका मार्केटिङ डाइरेक्टर गोपालकृष्ण श्रेष्ठले म्याक कफी उपहार धमाकामा अपेक्षाभन्दा बढी उपभोक्ता तथा बिक्रेताले सहभागिता जनाएको जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो, ‘नेपाली बजारमा म्याक कफीको लोकप्रियतालाई ध्यानमा राखी यसको बजार विस्तारमा जोड दिन हामीले यो अभियान सञ्चालन गरेका हौँ, अभियानमा सोचेभन्दा बढी ग्राहक वर्गको सहभागिता भएको छ र यसले भविष्यमा यस प्रकारका अन्य अभियान पनि निरन्तर गर्नुपर्ने देखिएको छ ।’ श्रेष्ठका अनुसार तीनजनालाई मोटरसाइकल र थप एक सयजनालाई टर्किस रग विजेताको घोषणा गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच