
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारणसभाले दुई आर्थिक वर्षका लागि अलग-अलग दुई कम्पनीलाई लेखा परीक्षणको जिम्मेवारी दिएको छ । एन्फाको सोमबार बसेको विशेष साधारणसभाले आर्थिक वर्ष २०७९/८० का लागि एलएसपी एसोसिएट्स र २०८०÷८१ का लागि एएनएस एसोसिएट्सलाई नियुक्त गरेको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिनुभयो ।
त्यस्तै, एन्फा केन्द्रीय समितिको आकस्मिक बैठकले विजय घलेलाई एन्फा सहायक महासचिवमा नियुक्त गरेको छ । यसअघि सोही पदमा रहनुभएका वसन्त अर्याललाई हटाएर त्यसमा घलेलाई नियुक्त गरेको हो । ‘कार्यसमितिको अधिकार क्षेत्रभित्र रहेकाले वसन्त अर्याललाई हटाएर त्यसमा विजय घलेलाई नियुक्त गरिएको छ,’ विशेष साधारणसभापछिको पत्रकार सम्मेलनमा शाहले भन्नुभयो, ‘उहाँलाई उपयुक्त समयमा अर्को जिम्मेवारी दिने विषयमा छलफल हुनेछ ।’ एन्फाको नियमित साधारणसभा भने फागुन १४ गतेका लागि बोलाइएको यसअघि पुस २ गतेको कार्यसमितिको बैठकले नै निर्णय गरेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच