काठमाडौं । मंगलबारदेखि पोखरामा हुने आहा रारा गोल्डकपको २३औँ संस्करणका खेलको डिसहोमले प्रत्यक्ष प्रसारण गर्ने भएको छ । पोखरा रंगशालामा हुने प्रतियोगिताको डिसहोमको एक्सन स्पोर्ट्स एचडी वानले प्रत्यक्ष प्रसारण गर्ने भएको हो । डिसहोम र आहाको आयोजक सहारा क्लबबीच गोल्डकपको बोर्ड कास्टिङ पार्टनरमा रहने सम्झौतामा हस्ताक्षर भएको छ । प्रतियोगिताको प्रत्यक्ष प्रसारण डिसहोमको एप डिस होम गोमा पनि हुनेछ । एक्सन स्पोर्ट्सले यसअघि पनि आहा गोल्डकपको प्रत्यक्ष प्रसारण गरेको थियो । नौवटा ‘ए’ डिभिजन क्लब तथा भुटानको पारोसहित १२ टोलीले प्रतियोगितामा सहभागिता जनाउँदैछन् । उद्घाटन खेलमा आयोजक सहारा र थ्रीस्टार क्लब आमनेसामने हुनेछन् ।
प्रतियोगिताको दोस्रो दिन त्रिभुवन आर्मी क्लब र राइजिङ स्टार फुटबल क्लबबीच स्पर्धा हुनेछ । दुर्ई ‘ए’ डिभिजन टोली मच्छिन्द्र क्लब र जावलाखेल युथ क्लब माघ ११ गते र दुर्ई विभागीय टोली नेपाल एपिएफ फुटबल क्लब र नेपाल पुलिस क्लबको खेल माघ १२ मा हुनेछ । साबिक विजेता संकटा क्लब, भुटानको पारो फुटबल क्लब, मनाङ मस्र्याङ्दी क्लब र लिग विजेता चर्च ब्वाइज युनाइटेड क्लबले भने सिधै क्वाटरफाइनलमा प्रवेश पाएका छन् ।
प्रतियोगिताको फाइनल खेल माघ २० गते हुने आयोजकले जनाएको छ । विजेताले उपाधिसहित १२ लाख एक हजार र दोस्रोले छ लाख एक रुपैयाँ प्राप्त गर्नेछन् । प्रिक्वाटर खेल्ने टोलीले २० हजार, क्वाटरफाइनल खेल्ने टोलीले ३० हजार र सेमिफाइनल खेल्ने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्ने बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच